उपचार पस्चात कांग्रेस नेता सिटौला घर फर्किए : शुभचिन्तकलाई दिए धन्यबाद

काठमाडौँ, चैत १२ । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला मंगलबार घर फर्किएको उनका सहयोगी किरण सिटौलाले बताएका छन् ।

अस्पतालबाट घर फर्किए लगतै सिटौलाले स्वास्थ्य उपचारमा अहोरात्र खटेर उपचार गर्ने ह्याम्स अस्पताल धुम्बाराहिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई धन्यबाद दिएका छन् । सिटौलाले एक हार्दिक आभार पत्र लेख्दै भनेका छन्, मेरो स्वास्थ्य अवस्थाप्रति चिन्ता र चासो गर्दै भेटेर वा विभिन्न माध्यमबाट शुभेच्क्षा र शुभचिन्ता व्यक्त गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु ।

सो पत्रमा उनले भनेका छन् अस्पताल आउनु अगाडि प्रारम्भिक परिक्षण पश्चात अस्पताल ल्याउन सहयोग पुर्याउने मेट्रो अस्पताल महाराजगञ्ज आफु कूतज्ञ रहेको बताएका छन् । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि सिटौला अस्पताल भर्ना भएका थिए । उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो ।

नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो । सिटौलाको शरिरमा रगतको मात्रामा कमि देखिएर उपचार भई रहेकै अवस्थामा उनका शुभचिन्तकले अस्पताल हाता भित्रै रक्त दान गरेका थिए । उपचारका क्रममा कसैलाई रगत अभाव नहोस् भन्ने हेतुले रक्तदान गरिएको सुभेच्छुकहरुको भनाई थियो ।