सरकारले नागरिकको जिउधनको सुरक्षा गर्न सकेन : रमेश लेखक

बैतडी, चैत्र १२ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रमेश लेखक ले १० बर्षको द्वन्दले देश ५० बर्ष पछि धकेलिएको बताएका छन् । लेखकले १० बर्षे द्वन्दले भएको क्षती को जिम्मा प्रचण्ड ले लिनु पर्ने जिकिर गरेका छन् । नेपाली काङ्रेस जिल्ला कार्यसमिति बैतडी द्वारा पुर्चौडीमा आयोजित अन्तर्कृया कार्यक्रम मा बोल्दै नेता लेखक ले १० बर्षे द्वन्दको समयमा अपुरणिय जनधन को क्षति हुनुका साथै १७००० नेपाली जनता मारेर पनि जनताको मुहारमा खुशी आउन नसकेको धारणा राखेका छन् ।

कार्यक्रम मा नेता लेखक ले देशभरी कम्युनिस्ट प्रती बितृस्णा बढ्दै गएकाले जनताको आकर्षण नेपाली कांग्रेस प्रती केन्द्रित हुँदै गएको बताएका छन् । उनले नेपाली जनताको मुक्ति र सहयात्रा को पार्टी नेपाली काङ्ग्रेस भएको ले हिजो को दिन मा १७००० निर्दोष नागरिक मार्दा पनि नेपाली कांग्रेस बिचलित नभइ जनता सङ्गै रहेको हुँदा सबै को दुख सुख मा नेपाली काङ्ग्रेस सङ्गसङ्गै रहेको प्रष्ट पारेका छन् । नेपाली काङ्ग्रेस ले निर्वाचन हारे पनि राजनीति नहारेको भन्दै नेता लेखकले काङ्ग्रेस मा कुनै किसिमको पराजित मानसिकता नरहेको बताएका छन् ।

उनले नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक संविधान लागू भएकाले राजनैतिक रुपमा काङ्ग्रेस सधै बिजय भएको जिकिर गरेका छन् । साथै उनले ८ महिना सम्म निर्मला पन्त को हत्यारालाई कार्वाही गर्नु को सट्टा अपराधी लाई सङरक्षण दिइरहेको हुँदा शान्ति सुरक्षा र आफ्नो नागरिकको जीउ धनको सुरक्षा दिन नसक्ने प्रष्ट्याउदै सरकारलाई सत्तामा बस्ने अधिकार नरहेको बताएका छन् ।