पाँचथर, चैत्र १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पुर्ब महामन्त्रि प्रकाशमान सिंहले नेतृत्वको कार्यशैलीले गर्दा पार्टी कमजोर भएको बताएका छन् । नेपाली काँग्रेस पाँचथरले मंगलबार सदरमुकाम फिदिममा आयोजना गरेको बिमर्ष कार्यक्रममा बोल्दै नेता सिंहले पार्टी नेतृत्वको कार्यशैली चित्तबुज्दो नभएकाले पार्टी यस्तो अवस्थामा अाई पुगेकाे आरोप लगाएका छन् ।
काँग्रेसको बिचार एकदमै राम्रो भएको प्रष्ट्याउँदै नेता सिंहले भने, राम्रो बिचार भएतापनि पार्टी नेतृत्व ठिक नभएकाले हामी कमजोर बनेका भएका छाैँ । काँग्रेको महाधिबेसनले पारित गरेको नीति तथा कार्यक्रमहरु नै पार्टीको आधिकारिक धारणा भएकाले कसैले पनि जथाभाबि बोल्न नहुँने उनको ठहर थियो ।
हरेक दिन जिम्मेवार नेताहरुले एउटै बिषयमा दिने फरक फरक बिचार र अभिमतका कारण थप अन्याेल्ता बढेकाे बताएका छन् । उनले कार्यकर्ताहरुमा तिव्र असन्तुष्टि रहेको जानकारी गराउँदै नेता सिंहले भनेका छन्, ‘पार्टीलाई संस्थागत रुपमा चलाउन नसकेकै कारण विपक्षिले फाइदा उठाएका हुन् ।
उनले ‘पार्टीभित्र सहमतिको आधारमा काम गर्नुपर्ने कुरामा जोड दिँदै भने, पार्टीमा त्यस्तो भएको छैन । देश दौडाहामा रहेका नेता सिंहले अबको पार्टी नेतृत्व नबिन सोच भएका नेताले गर्नु पर्ने बताएका छन् । नेपाली कांग्रेसमा अबको नेतृत्व गुटको अन्त्य गर्न सक्ने क्षमता भएको नेताले लिनुपर्ने र त्यस्तो नेताको पार्टीमा खाँचो यति बेला काे कांग्रेसकाे अवश्यकता रहेको औंल्याएका छन् । उनले अब भने पार्टीको नेतृत्व नबिन सोच भएका नेताले नै गर्नुपर्छ भन्ने उनको धारणा छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले बर्तमान सरकारले जनजिबिकासँग जोडिएका कुनै पनि काम गर्न नसकेकोले खबरदारि जरुरि रहेकाे बताएका छन् । उनले दुई तिहाई बहुमतको सरकाले भ्रष्टाचारलाई संस्थागत रुपमा बिकास गरेको अाराेप लगाएका छन् । यस सरकाले देश र जनताका लागि एउटा पनि राम्रो काम गर्न नसकेको उनले बताए । सरकाले काम भन्दा धेरै गफ मात्र गरेको उनको भनाई छ । कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले कांग्रेस भित्र व्यापक सुधारकाे खाँचाे रहेकाे औंल्याएका छन् ।
साथै अर्का केन्द्रीय सदस्य सरिता प्रसाईले पार्टी जिल्ला सभापतिहरुले उठाएका जायज मुद्दाहरुकाे पक्षमा देश भरका कार्यकता काे भावना जाेडिएकाले आफुहरुकाे साथ रहने जानकारी गराएकी छिन् ।
कार्यक्रममा काठमाडौ जिल्ला सभापति सबुझ बानियाँ, ईलाम सभापति हिमाल कर्माचार्य, संविधान सभा सदस्य नगेन्द्र कुमार कुमाल लगायतले पार्टी संगठन संचालन विधि प्रक्रियाबाट हुन नसकेकाले नेत्त्रित्व सचिनु पर्ने धारणा राखेका थिए । उक्त कार्यक्रम नेपाल कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ काे सभापतित्वमा सम्पन्न भएको थियाे ।