घर भित्र र पार्कमा रमेका सिड्नीका नेपाली अभिभावकहरु आज न्यु साउथवेल्सको रमणिय क्षेत्र फीट्जोरी फल्समा सामुहिक रुपमा बनभोज र नाचगानमा मस्त देखिए । नेपाली पहिरन , नेपाली भाका अनि नेपालीपनको बेजोड संगम बनेको अभिभावक बनभोजमा करिब सात सय अभिभावकहरु दिनभर अस्ट्रेलियालाई बिर्सदै नेपालीपनमा रमाएका थिए । नाचगान अनि कविता र गजलमा रमेका अभिभावकहरु एक आपसमा परिचय र गामबेसीका भाकामा रमेका थिए ।
आफ्नै गाउ अनि ठाउँंमा आएजस्तो लाग्यो, यत्रोविधी नेपाली एकै ठाँंउमा भेट्दा हर्षको सिमा रहेन, ताप्लेजुङ त्रिबेणी गाउपालीका निवासी नरहरी प्रसाइले बताए । सात समुन्द्र पारी बिदेशमा आएर पुराना साथीभाइ भेटन पाउनु अनि नेपालझै रमाउन पाउनु सबैभन्दा महत्वपुर्ण बिषय हो, ८२ बर्षिय प्रसाइको कथन थियो । बिदेशको हावापानी र यहाँंको माटोमा नेपालीपनको आभास आफैमा महत्वपुर्ण हो अनि सात सय अभिभावकहरु एकैस्थानमा भेलाहुँंदा न्यु साउथवेल्सका फीट्जोरी फल्सनै नेपालमय भएको थियो, प्रसाइले बनभोजको कहानी सुनाए ।
सन्तानहरु भेट्न र घुमघामका लागि नेपाल देखि अस्ट्रेलिया आई सिड्नी वरपर रहनु भएका अभिभाबकहरुको सम्मानमा एनआरएनए अस्ट्रेलिया न्युसाउथ वेल्स समितिले एक दिने घुमघाम सहितको बनभोज कायर्क्रमको आयोजना गरेको हो । बिगतका बर्षहरु देखि निक्कै लोकप्रीय बनेको अभिभावक बनभोजलाई एनरआरएनले भने आफ्नो नियमित कार्यक्रमका रुपमा राखेको छ । छोरा छोरीको निम्ता मान्न या घर संहाल्न बिदेश आएका अभिभावकहरुको रिफ्रेसका लागि पनि यो कार्यक्रम महत्वपुर्ण बनेको छ । हजारौको संख्यामा अभिभावकहरु अस्ट्रेलियाको न्यु साउथवेल्स राज्यमा मात्र रहेका छन ।
ठुलो संख्यामा अभिभाबकहरु सहभागी हुने अनि घुमघाम सहितको बनभोज कार्यक्रमलाई यस पटक अझ बिस्तारित अनि धेरै ठाउँ बाट पिकअपको ब्यबस्था गरिएको कारण पनि बिशाल सहभागिता भएको एनआरएन एनएसडब्लुका संयोजक नन्द गुरुङले बताए । गुरुङले सिड्नीसँंगै क्यानबेरा समेतवाट अभिभावक र एनआरएनका साथीहरुको सहभागिता रहेको सुनाए । सिड्नीवाट करिब डेढ सय किलोमिटरको दुरीमा रहेको फीट्जोरी फल्समा एनआरएनले मनोरन्जनात्मक कार्यक्रम सहित खानपीनको ब्यबस्था समेत गरेको थियो ।
हामीले सोचेको भन्दा बढि संख्यामा र कतिपय अभिभावकहरु आफ्नै गाडीमा समेत पीकनिकमा आउनुभयो, यो एनआरएनको लागि खुसीको बिषय हो,एनआरएन एनएसडब्लुका उप संयोजक अर्जुन केसीले सुनाए । गैर आवासिय नेपाली संघले बिदेशमा छोरा छोरीको निम्ता मान्न आउने अभिभावकका लागि पनि केहि गर्नु पर्छ भन्ने मान्यताका साथ केहि बर्ष अघिदेखि यो अभिभावक पीकनिक कार्यक्रमको आयोजना सुरु गरेको यसका अभियन्ता तथा एनआरएनका पुर्व उपाध्यक्ष दिनेश पोखरेलले सुनाए ।
अब यो एनआरएनको नित्य कर्म बनिसकेको छ र हाम्रा अभिभावक पनि एनआरएनको फराकिलो दायरामा सेमटिनु भएको छ , पोखरेलले भने ।