जिपी कोइराला फाउण्डेशनको अमेरिकामा कार्यालय स्थापना

अमेरीका, चैत १८ । नेपालको हरेक परीवर्तनका महानायक गिरिजा प्रसाद कोइरालाको नाम वाट स्थापना भएको जिपी कोईराला फाउण्डेशन अमेरिका शाखाको केही समय अघीमात्र गठन भएको थियो । समीतीले पुर्णता पाएपछी शाखाले एक भव्य समाहरोहका विच कार्यालयको स्थापना गरेको छ ।

क्वीन्सको ज्याक्सन हाईटको ड्राइभरसिटि प्लाजा नजिक कार्यालय स्थापना भएको हो । आइतवार साँझ फाउण्डेशनका सल्लाहकार तथा जनसम्पर्क समितिका सस्थापक मोहन सिह विष्टले उद्घाटन गर्नु भएको थियो । फाउण्डेशनका अमेरीका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले अप्ठेरोमा परेका नेपालीहरुको सहयोगमाका लागी कार्यलयवाट सेवा दिने सबलपोष्ट संगको कुराकानीमा वताउनु भएको छ ।

अमेरीकामा उच्च तहमा काम गरिसकेका व्यक्तित्वहरुसँग सर सल्लाह, सुझाव र सह कार्य गर्दै फाउण्डेशनले विभिन्न क्षेत्रमा निशुल्क सेवा दिने उहाले वताउनु भएको छ । फाउण्डेशनले इमिग्रेसन सम्बन्धी प्राय सबै सेवाहरु, स्वास्थ्य विमासम्बन्धी परामर्श दिनुका साथै रोजगारी अवसरहरुको प्रबन्ध मिलाउने जनाएको छ । यस्तै कम आय भएकाहरुका लागि अपार्टमेन्ट,रुम रेन्ट,सेयरमा पनि सहयोग गर्ने जनाएको छ ।

कार्यक्रममा नेपालि महिला जनजाति महिला सघं अमेरिका की अध्यक्ष ,सगींनी राना मगर , खेलकुद तथा सस्कृतिक बिभाग अमेरिका अध्यक्ष ,मोहन वाईवा नेपाल जनसम्पर्क समीतीका महासचीव मुनिन्द्र नेम्वाङ , एन आर एन अमेरिकाका सोमनाथ हुमागाई , जिपी कोइराला फाउन्डेसनकी कोषाध्यक्ष बृन्दा राई लगायतले वोल्नु भएको थियो भने कार्यक्रमको धन्यवाद ज्ञापन केन्दीय सदस्य शारदा क्षेत्री गर्नु भएको थियो । साभार ः सबलपोष्ट