मंसिर पहिलो सातामा प्रदेश र केन्द्रको निर्वाचन निर्वाचन सम्पन्न हुने : दाहाल

पोखरा, २२ साउन । मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुने गरी दलबीच छलफल सुरु भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको बताए ।

नेता दाहालले माओवादीप्रति तराईमा सकारात्मक भावना विकास भएको भन्दै तराई र पहाडबीचको एकता आवश्यक भएको तर मधेशी राष्ट्रवाद र पहाडी राष्ट्रवाद दुवै राष्ट्रको हितमा नरहेको स्पष्ट पारे ।