काठमाडौँ, चैत २२ । नेपाल सिन क्योकुसिन कराँते सङ्घ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराँते प्रतियोगिता आजदेखि शुरु हुने भएको छ ।
प्रतियोगितामा पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जानकारी गराएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलस्थित डोजोमै हुने बताइएको छ ।
सोही दौरान पाँचौँ उपत्यकाव्यापी सिन क्योकुसिन कराँते प्रतियोगिता पनि हुने भएको छ । पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा नै भीडन्त हुने भएको छ ।
दुवै प्रतियोगितामा गरी १६० खेलाडी सहभागी हुने प्रमुख गुरुङले जानकारी गराएका छन् । दुवै प्रतियोगिताका क्रममा रेफ्री सेमिनार र डान परीक्षा जापानका जेबी सुजुतोले सञ्चालन गर्ने गुरुङले बताएका छन् ।
0
Shares