भरतपुर, चैत २२ । चितवन भरतपुर महानगरपालिका–१८ शशीनगरका शहरी क्लिनिक टोल निवासी एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन् ।
घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३÷१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११÷१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।
उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल लगिएको जानकारी गराइएको छ । एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान कार्यलाई तिव्र रुपमा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी गराएका छन् ।
मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौँमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले आशङ्का गरेका छन् ।