सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा गणेशराज पोखरेल बैंकको प्रमुखकार्यकारी अधिकृत पदमा हालै नियुक्त भई रिक्त हुन गएको नायव प्रमुख कार्यकरी अधिकृत पदमा बोधराज देवकोटालाई नियुक्त गरिएको छ ।

२०७५ साल चैत्र २४गते आइतबार बसेको २९७ औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य सम्पादन गर्दै आएका देवकोटालाई २०७६ साल बैशाख १ गतेबाट लागु हुने गरि नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

देवकोटाले स्थापना कालदेखि नै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको आज नीतिका घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्तव्य वस्थापनमा एम.फिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्तव्य वस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

सो बैंकमा आबद्ध हुनु अगाडी देवकोटा नेपाल बैंक लिमिटेडमा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्य कुशलता प्रदर्शन गरि सकेका छन् । यस क्षेत्रमा उनको २३ वर्ष लामो अनुभव रहेको छ ।

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवा पु¥याँउदैै आएको उक्त सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिमव्यवस्थापनएवमगुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरि सकेको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु,घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।