काठमाडौं, चैत २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको पाँचौं महाधिवेशन आगामी जेठ महिनामा हुने जनाइएको छ । काठमाडौंमा सम्पन्न दलित संघको केन्द्रीय कार्यसमिति बैठकले पाँचौं जिल्ला महाधिवेशन आगामी जेठ २५–२७ मा रुपन्देहीमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनका लागि आयोजक जिल्लाको समेत सहभागिता रहने गरी पाँच सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरेको महासचिव लक्ष्मी परियारले जानकारी गराएकी छिन् । बैठकले संघको नीति तथा कार्यक्रम, विधान मस्यौदा सहितका विभिन्न १५ वटा विषयगत समिति पनि गठन गरेको उनले बताएकी छिन् ।
महासचिव परियारले विज्ञप्ति जारी गरेर दलित संघको राष्ट्रिय महाधिवेशनले पार्टीमा नयाँ उर्जा थप्ने र ससक्त रुपमा पार्टीलाई अघि बढाउने मद्धत पुगने बताएकी छिन् ।
जारी विज्ञप्तिमा ‘समग्र नेपालको लोकतान्त्रिक आन्दोलनलाई बल पुग्ने गरी मात्र नभई नेपालको सबैभन्दा ऐतिहासिक पार्टी नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाईसमेत यस महाधिवेशनले दलित समुदायबीचमा पु¥याई समग्र नेपालको दलित आन्दोलनलाई नयाँ उचाईमा र्पुयाउँदै नेपाली कांग्रेसको मुख्य जनआधार बोकेको भातृ संस्थाको रुपमा गठित नेपाल दलित संघको यस राष्ट्रिय महाधिवेशनले पार्टीमा नयाँ उर्जा भर्ने विश्वास गरिएको उल्लेख छ ।