भागबण्डाका आधारमा पार्टी सञ्चालन गरे पार्टी नै लुछाचुँडीमा पर्छ : नेता सिटौला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जीम्मेवार व्यक्तिहरु नै गुटगत रुपमा लाग्दै समूह विभाजनमा जुटेको आरोप लगाएका छन् । नेता सिटौलाले समूहबीचको भागबण्डाको लुछाचुँडीले पार्टी नै लुछाचुँडीमा पर्ने जानकारी गराएका छन् ।

कांग्रेस क्षेत्र नम्बर ६, काठमाडौंको क्षेत्रीय समितिले जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार राष्ट्रियसभा गृहमा आयोजना गरेको ‘कार्यकर्ता भेला तथा सम्मान कार्यक्रम’ मा नेता सिटौलाले भागबण्डाका आधारमा पार्टी सञ्चालन गरे पार्टी नै लुछाचुँडीमा पर्ने बताएका हुन् । सभापति देउवा र वरिष्ठ नेता पौडेलले कार्यसम्पादन समिति गठनका लागि ६०(४० को आधारमा भागबण्डा गरेपछि उनी असन्तुष्ट छन् ।

नेतृत्व कर्ताले निभाउनु पर्ने भुमिका ठिक विपरीत देखिएको भन्दै उनले भने, केन्द्रीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले ६० ्र४० को भागबण्डा गरेर अगाडि बढ्न खोज्नु भएको छ । भागबण्डाको राजनीतिले पार्टीको हित नगर्ने कुरा जीम्मेवार व्यक्तिले बुझ्न आवश्यक छ ।

पार्टीलाई बृहत एकताको सुत्रमा एकताबद्ध गरेर हिँड्ने बेलामा नेतृत्वतह अल्मिलिएको प्रस्ट्याउँदै उनले भागबण्डाले पार्टी नचल्ने प्रष्ट पारेका छन् । पार्टीमा योग्यता र क्षमताको आधारमा नभएर व्यक्ति हावि हुनु र पकेटको मानिस हो कि होइन भन्ने आधारमा जिम्मेबारी बाँडफाँड अत्यन्त गलत भएको सिटौलाको भनाई छ । नेता सिटौलाले जेष्ठताका नाममा अनि आफ्नो पकेटका मान्छेको नाममा योग्यता र क्षमता बोकेका युवालाई पाखा लगाउन खोजिन थालिएको र यस्तो तरीकाले पार्टी नचल्ने जिकिर गरेका छन् ।

पार्टीमा योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइनुपर्ने उनको धारणा छ । उनले भने, हामी शेरबहादुरजीबाट कुनै भागबण्डा खोज्दैनौं तर उहाँले कसैलाई अन्याए गर्न पाउनु हुन्न । काम गर्ने मान्छेको कामको मूल्याङ्कन गरी जिम्मेवारी दिन सके पार्टी ससक्त रुपमा अगाडि बढ्छ । पार्टी कमजोर हुनुमा नेतृत्व जिम्मेवार रहेको उनले जिकिर गरेका छन् । आफ्नै साथीलाई अपमान गरेर सम्मान खोज्न नसकिने भन्दै उनले पार्टीका विभागहरु गठन गर्दा योग्य र क्षमतावान व्यक्तिलाई समेटिनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस स्वाभिमान, स्वतन्त्रता र स्वाधिनताको झण्डा भएको जिकिर गर्दै सिटौलाले कांग्रेसको स्वाभिमान मारेर चाकरी प्रथाले पार्टी नचल्ने जानकारी गराएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मनपरी विरुद्ध कांग्रेस नेतृत्व लड्नै नसक्ने दाबीसमेत गरेका छन् ।

निर्वाचनमा कतै राजावादीलाई भोट हाल्न लगायौं, कतै हसियाँ(हतौडामा त कहीं महन्थ ठाकुर, बाबुरामजीलाई जितायौं । यसरी कसरी पार्टी बलियो हुन्छ ?’ सिटौलाले उल्टै प्रश्न गरेका छन् । नेतृत्वले गल्ती स्वीकार गरेर सच्चिए आफूहरु सहयोग गर्न तयार रहेको उनले बताएका छन् । ‘आफैभित्र बोल्न नसक्ने, आफ्नो मनको कुरा भन्न नसक्ने, आफ्नै पार्टी सुधार्न जुरुक्क उठ्न नसक्नेले कम्युनिष्टसँग कसरी लड्छु भन्दै हिड्ने उनले पुनः प्रश्न गरे ।

नेता सिटौलाले भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विघटनका लागि देउवा र पौडेलले आफू निकटका विद्यार्थी नेतालाई राजीनामा दिन लगाएको दाबी गर्दै आफ्नो विरोधका बाबजुद पनि नेविसंघको म्याद थप नगरिएको खुलासा गरेका छन् । उनले रामचन्द्र पौडेलले मनोजमणी अधिकारीलाई ल्याउन खोजेको, शेरबहादुर देउवाले दुई महिना थप्ने भनेको र आफुले अरु भ्रातृ संगठनको कयौं वर्षसम्म अधिवेशन भएको छैन् भनि सचेत गराएको बताएका छन् ।

नेता सिटौलाले आफुले नेविसंघको समयावधि छ महिना थपौं भनेको बताउँदै उनले भने, ‘भाईहरुले दुई महिनामा १४(१५ जिल्लामा अधिवेशन गरेकै हुन् । अन्तमा गएर भंग गरिदिनुभयो । कसरी भंग गर्नुभयो भने रामचन्द्रजीले भनेको मान्ने जतिलाई राजीनामा गर है भन्नुभयो । अन्तिममा शेरबहादुजीले नैनसिंह महरलाई राजीनामा गर भन्नुभयो । भनेको नमान्ने कुन्दजीहरु रहेछन् लष्टमा भंगै गर्दिनुभो ।’’ यस्तो तरिकाले सधै कसरी संगठन चलायमान हुन सक्छ ?

सिटौलाले जनताको पार्टी नेपाली कांग्रेस हो भनने कुराको हेक्का समेत नेतृत्वकर्तालाइ नभएको बताएबा छन् । उनले भने, जनताका समस्यामा केन्द्रित हुनुको साटो आफै समस्या वढाउँदै जाने हो भने हाम्रो हालत के हुन्छ । उनले कांग्रेस सवल बन्नका लागि जनताको सारथी हुन आवश्यक रहेको औंल्याएका छन् ।