ओली सरकारले शिक्षा क्षेत्रलाई तहस नहस पार्यो : नैनसिंह महर

काठमाडौं, वैशाख २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान अध्यक्ष नैनसिंह महरले माफियाहरुको नियन्त्रणमा परेर केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार शिक्षा क्षेत्र तहस नहस पार्न उद्धत रहेको आरोप लगाएका छन् ।

सुदूरपश्चिमको राजधानी कैलालीको धनगढीमा सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता महरले सरकारको मिलेमतोमा नै विद्यालय र कलेजमा अनियमित तरिकाले विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी चर्को शुल्क बृद्धि गरिएको प्रस्ट्याएका थिए ।

उनले चर्को शुल्क वृद्धिको बिरोधमा युवा विद्यार्थी आन्दोलिन हुनुको विकल्प नरहेको जानकारी गराएका छन् । सरकारका गतिविधिले सम्पूर्ण नेपाललाई नै घाटा घटिरहेको बताउँदै उनले भने, सरकारले शक्तिको दम्भमा सबै क्षेत्रलाई पेलेर, मिचेर जान पाइन्दैन ।