न्यूज अभियान डटकममा अख्तियारले गरेको अभद्र व्यवहारप्रति युनियनको ध्यानाकर्षण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धीत प्रकाशित एक समाचारको बिषयमा काठमाडौंबाट प्रकाशित न्यूज अभियान डटकममा अख्तियारले प्रहरी पचिलान गरी मानसिक तनाव दिने कार्य गरेकोमा नेपाल प्रेस युनियन गम्भीर ध्यानाकर्षण  गर्दै  प्रेस विज्ञाप्ती जारी गरेको छ ।

आयोगमा गतिविधि र कार्वाहीको बारेमा समाचार प्रकाशित गरेको आधारमा अख्तियारले राज्यशक्तिको दुरुपयोग गर्दै समाचार संस्थामा प्रहरी परिचालन गरेर मात्र नपुगी न्यूज अभियान डटकमका सम्पादन छायाँचन्द्र भण्डारीलाई धम्क्याउने कार्य गरेकोप्रति युनियनले भत्सर्ना गरेको छ । राज्यका संवैधानिक निकायहरु आफ्नो सीमा र मर्यादालाई नाघि संचारमाध्यमप्रति खनिनुले त्यस नेतृत्वको संचारमाध्यमप्रतिको अनुदार रवैयालाई पुष्टी गरेको उक्त प्रेस विज्ञाप्तीमा उल्लेख छ ।

यसरी एउटा समाचार लेखेको भरमा उसलाई तर्साउने र राज्यशक्तिको दुरुपयोग हुने गरी प्रहरी परिचालन गरी धम्की दिने कार्य गरेकोप्रति विज्ञाप्ती जारी गर्दै युनियनले विरोध जनाएको छ । नेपाल प्रेस युनियनका महासचिव अजयबावु शिवाकोटीलद्वारा जारी उक्त विज्ञाप्तीमा न्यूज अभियान डटकममाथि आयोगले लगाएको कू दृष्टीको विपक्षमा रहँदै सबै प्रेस स्वतन्त्रताका पक्षधरहरुलाई एक ठाउँमा उभिई यस घटनाको विरोध जनाउन समेत आग्रह गरेको छ ।