काठमाडौं, वैशाख २ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । आइतबार प्रधानमन्त्री ओलीले विपक्षी दलहरुतर्फ संकेत गर्दै ‘नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेको भनाई प्रति कांग्रेसले आफ्नो ध्यान केन्द्रित भएको बताएको छ ।
बुढाबुढीले सुन्ने गरी आन्दोलन गर्छु भने लठ्ठी लगाउने र केटाकेटी छेउमा भने ढुंगा हान्ने तर्क गरेका थिए । सो तर्कको भत्र्सना गर्दै सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले भने, प्रधानमन्त्री जे भनेका छन्, त्यो आपत्तिजनक र घोर भत्सना जनक छ त्यसको जति निन्दा र खेद प्रकट गर्दा पनि कम हुन्छ ।
प्रधानमन्त्रीले निर्देशन दिँदा पनि सत्तारुढ दलको कार्यकर्ता अरिंगाल नबनेको भन्दै धन्यवाद दिएका थिए । कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको उनको आरोप लगाएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरेका छन् ।
सरकारको मुख्य मान्छै देशको अभिभावक जस्तो जिम्मेवार व्यक्तिबाट नै नराम्रा शव्दमा प्रतिपक्षको नाममा अनावस्यक कुरा गर्नु दुखद भएको कांग्रेसको ठहर छ । सरकारले देश विकास र समृद्धिको यात्रा तय गरेको भन्ने गरे पनि वास्तविकता भने फरक रहेको कांग्रेसले बताएको छ ।
कांग्रेसले सरकारलाई अघिल्लो वर्षमा सरकार जे जस्ता कुरामा अल्मलिए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।