ललितपुर, बैशाख २ । ललितपुर महानगरपालिका खोकनास्थित ऐतिहासिक बाज पाटी पुनर्निर्माण हुने भएको छ । महानगरको वडा नं २१ मा रहेको उक्त पाटी सनराइज बैंकको आर्थिक सहयोगमा पुर्निर्माण हुन लागेको हो ।
खोकनाको प्रसिद्ध रुद्रायणी मन्दिर अगाडि रहेको उक्त पाटी पुनर्निर्माणका लागि बैंकले १० लाख रुपैयाँ सहयोग गरेको छ । रुद्रायणी मन्दिरमा नित्यपूजा र विशेष पूजा हुँदा बिहान, बेलुका उक्त पाटीमा बसेर बाजा बजाउने गरिन्थ्यो ।
२०७२ सालको भूकम्पले बाज पाटी बस्न नमिल्ने गरि भत्कियो । पाटी भत्किएपछि भर्जन किर्तन गर्न बाधा पुगेको स्थानीयले जानकारी गराएका छन् । ललितपुर महानगरपालिका वडा २१ र सनराइजबैंकले संयुक्त रुपमा सोमबार आयोजना गरेको कार्यक्रममा चेक हस्तान्तरण गरिएको थियो ।
प्रतिनिधिसभा सदस्य पम्फा भुसालले खोकना ऐतिहासिक ठाउँ भएकाले पर्यटक आकर्षिक गर्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएकी छिन् । उनले पर्यटकलाई यहाँको सम्पदा र संस्कृतिक बुझाउन गाइडको व्यवस्था गनुपर्ने समेत बताएकी छिन् ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ऐतिहासिक महत्वको ठाउँ खोकना पर्यटकीय दृष्टिले धेरै संभावना बोकेको सहर भएको जानकारी गराएका छन् । पर्यटकलाई आकषर्ण गर्न सो क्षेत्रको सम्पदा र कला संस्कृतिको संरक्षण गर्न विशेष कार्यक्रम ल्याउने महर्जनको भनाई छ । उनले खोकनाको पुनर्निर्माणमा सनराइज बैंकले देखाएको चासोको प्रसंशा गरेका छन् । मेयर महर्जनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सुरु गरेको यो कामलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।
महानगरले पछाडि जोडिन आएका वडाहरुलाई अन्य वडालाई भन्दा बजेट विनियोजन धेरै गरेको जानकारी गराएका छन् । अन्य वडा सरह पछि गाँभिएका वडाहरुमा विकास समान रुपमा होस् भन्ने अभिप्रायले बढी बजेट विनियोजन गरेको उनले जिकिर गरेका छन् ।
वडा अध्यक्ष रविन्द्र महर्जनले मूर्त र अमूर्त सम्पदाहरुले खोकना धनी भएको बताउँदै भूकम्पले भत्काएका सम्पदाहरु पहिलेकै अवस्थामा पुर्निर्माण गर्नु चुनौतिपूर्ण भएको धारणा राखेका थिए । उनले पुनर्निर्माणमा सनराइज बंैकले देखाएको चासोको प्रसंसा गर्दै यस्तो सहयोगले सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी गराएका छन् ।
बैंकका कार्यकारी प्रमुख अधिकृत रत्नराज बज्रचार्यले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पाटीको पनुर्निर्माणमा सहयोय गरेको प्रस्ट्याएका छन् । सम्पदा मुलुकको महत्वपूर्ण गहना भएको प्रष्ट पार्दै उनले यसको संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
वडा सदस्य ज्ञानभक्त महर्जनले खोकनाका सम्पदालाई पुनर्निर्माण गरी पर्यटक आकर्षण गर्न सके त्यसबाट खोकनाको आर्थिक समृद्धि छिटै संभव हुने दाबी समेत गरेका छन् । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।