नेपाल प्रेस युनियन युरोप तदर्थ समितिको संयोजकको जिम्मा पत्रकार महासंघ बेलायतका महासचिब संजय कँडेललाई दिईएको छ । बेलायत र युरोपलाई कार्यक्षेत्र बनाएर लामो समयदेखी पत्रकारितामा निरन्तर सकृय रहेका कँडेललाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिब अजयबाबु शिवाकोटीले युरोप संयोजकको जिम्मेवारीको पत्र दिएका हुन् ।
केही साताअघि सम्पन्न बेलायत शाखाको प्रथम अधिवेशन सफल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई युरोपका सबै देशहरुमा संगठन विस्तार गरी यथाशक्य अधिवेशन गर्न निर्देशनपनि दिइएको छ ।
दर्पणसंसार डटकमका प्रधान सम्पादक कंडेल बिगत लामो समयदेखी बेलायतमा रहेर बेलायतलाइ कर्मथलो बनाइरहेका नेपाली हरुलाइ आफ्नो कलममार्फत देश बिदेशका समाचार ले सुसज्जित गरॉउछन ।
नेपाल समाचारपत्रको बेलायत प्रतिनिधि समेत रहेका उनी बेलायतस्थित नेपाली दुताबासले मनाउन गइरहेको ‘भिजिट नेपाल–२०२०’ समारोहको प्रचार प्रसार विभागका सहसंयोजक समेत छन् । आफ्नो ज़िम्मेवारी मा परिपक्क कँडेलले युरोप अन्तर्गत का बिभिन्न यूरोपियन देशका पत्रकारहरूलाई समेत समेटेर तत्काल तदर्थ समितिको घोषणा गर्ने बताएका छन् ।
श्रमजीवि पत्रकारहरुको हक हित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको संरक्षण र प्रवद्र्धन साथै विधिको शासन स्थापनामा कटिबद्ध प्रेस युनियन नेपालमा अन्तराष्ट्रिय पत्रकार महासंघको पहिलो सदस्य संस्था हो । देश तथा विदेशमा गरी युनियनमा १० हजार बढी पत्रकारहरु आवद्ध छन् ।
केन्द्रीय महाधिवेशनको तयारीमा रहेको युनियनको २८ बर्षे इतिहासमा पहिलो पटक विदेश शाखाहरु रफ़्तार मा बिस्तार भइरहेका छन । युनियनको बिदेश शाखा युएई पहिलो शाखा हो यो बेलायत अघि गठन भइसकेको छ नेपाल प्रेस युनियन को दोस्रो बिदेश शाखा को रुपमा बेलायत शाखा रहेको छ ।
भर्खरै यो शाखामा बिपिन निरौला अध्यक्षसहित को टिमलाइ सर्बसम्मत चइन गरेर अधिवेशन सम्पन्न भइसकेको र क्रमश अन्य देशहरुमा पनि संगठन विस्तारको क्रममा रहेको र युनियनले उठाएका मुद्दालाई विश्वभरबाट समर्थन र ऐक्यबद्धता जुटाइ नेपाल प्रेस युनियन को गरिमा बढाउन को लागि आफुले प्रवासमा शाखा विस्तार गर्ने पनि संयोजक कंडेल ले बताएका छन् ।