आजबाट चितवनमा लगानी सम्मेलन दुई चल्ने

चितवन, वैशाख ६ । प्रदेश नं ३ मा आज र भोलि लगानी भित्र्याउनका लागि लगानीकर्तासँग बृहत् अन्तक्र्रिया कार्यक्रम हुँदै छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम गर्न लागेको जानकारी गराइउको छ ।

आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत गर्न उत्प्रेरित गरिने जानकारी गराएका छन् । तीन नं प्रदेशमा सङ्घीय राजधानी रहेको भन्दै उनले देशको २१ प्रतिशत जनता उक्त क्षेत्रमा बसोबास गर्ने आ्रंल्याएका छन् ।

अत्यधिक माग रहेको र साधन स्रोतको हिसाबले पनि सम्पन्न यस प्रदेशमा लगानीका धेरै अवसर रहेको उनको भनाई छ । कार्यक्रममा लगानीका क्षेत्रहरुलाई विशेष रुपमा जानकारी गराइने बताउँदै उनले १३ जिल्लाका उद्योगी–व्यवसायी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, राष्ट्रिय पूँजीपति तथा उद्योगपति छलफलमा सहभागी हुने प्रष्ट पारेका छन् ।

]प्रदेश नं. ३ का विभागीय मन्त्रीहरुले आ–आफ्नो क्षेत्रको छलफलमा अध्यक्षता ग्रहण गरी गहिराइमा विज्ञहरुसहित छलफल गरिने पनि सो अवसरमा जानकारी गराका थिए । कार्यक्रममा पहिलो दिन दुई वटा कार्यपत्र र दोस्रो दिन विशेष क्षेत्रका विज्ञबाट पाँच वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

उक्त कार्यक्रमले निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने जनाइएको छ । लगानीकर्ताको सुरक्षा र सहजीकरण प्रदेश सरकारले गर्ने भएकाले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण सिर्जना गरिने बताइएको छ ।