– राजेन्द्र प्रसाद पाठक
शैक्षिक माफियाका कारण हाम्रो जस्तो अल्पबिकशित देशका होनहार युवा समुहले उचित शिक्षाको अभावमा क्षमता भएर पनि आफुलाई खुम्च्याउन बाध्य भएका छन् । संसार भरिकै शैक्षिक अवस्थालाई मुल्याँकन गर्ने हो भने स्कुल शिक्षा सरकारले निशुल्क प्रदान गर्दछ ।
शैक्षिक बेरोजगारी र अन्य सामान्य अवस्थाको बेरोजगारीको समेत ब्याबस्थापन गर्ने जिम्मेवारी सरकारको नै हो । तर बिडम्बना जस्तोसुकै ब्याबस्था परिबर्तन भएर जेसुकै तन्त्र प्राप्त भएता पनि जनताले सुखको सास फेर्ने अवस्था कहिल्यै पनि श्रृजना नहोला जस्तो छ । नाम मात्रको सरकारी निशुल्क शिक्षा प्रदान गर्ने थलो भनेको सरकारी स्कुल नै हो । जहाँ शिक्षकहरु घरको कामले दिक्क भएर थकाई मार्न र रजनितीका राग आलाप्न मात्रै हाजीर हुन्छन् । आफु सरकारी जागिर खान्छन् र आफ्ना सन्तानलाई प्राईभेट स्कुलमा पढ्न पठाउँछन् । नेपालमा शिक्षाको महत्व अब प्रायजसो सबैले नै थाहा पाई सकेका छन् । तर यति हुँदैमा समाज बन्ने होईन रहेछ ।
शिक्षामा निजीकरणका कारण केही सामान्य सुधार त भएकै छ । तर जस जस्ले प्रत्यक्ष फाईदा पाउनु पर्ने हो त्यसले रत्तीभर प्राप्त गर्न सकेको छैन । हुने खानेको पहुँचमा मात्र सिमीत भएको छ । अविभावकहरुले आधा पेट खाएर आफ्ना सन्तानलाई जेनतेन पढाईमा खर्च गरी रहेका छन् । तर त्यसलाई समेत सरकारले ब्यावस्थापन गर्न नसकेर बिदेश पलायन हुन बाध्य भै राखेका छन् । मेडिकल शिक्षाका माफियाहरुले गरेकोे अराजकतालाई अन्मुलन गर्नका लागी सरकारसंङ्ग बिभिन्न माग राखेर हाल सम्म एघारौं पटक आमरण अनसन बस्न बाध्य भएका डा. गोविन्द के.शी. जनताको गुमेको अधिकारका खातिर आफ्नो ज्यानको तृण बराबर मुल्य नगरी मृत्युसंङ्ग पौंठेजोरी खेली रहेका छन् । उनका हरेक मागहरु सरकारले एकैपल्ट पुरा त गर्न नसक्ला तर उनका मागहरु पुरा गर्नै नसकिने र नाजायज भने छँदै छैनन् ।
देशका निम्न मध्यम बर्गिय जनताले समेत मेडिकल शिक्षा जस्तो अति संम्बेदनशिल र उच्चकोटीको शिक्षाको अवसर दिलाउनकै लागी डा. के. शी. मृत्युवरणको हालत सम्म आफुलाई पुगाउन हिच्कीचाउँदैनन् । यस्ता जनप्रेमी र अती लोकतान्त्रीक सादगी पुरुषले आफ्नो जिन्दगीलाई नै दाउमा राखेर तिन करोड जनताको हितमा समर्पित हुँदै गर्दा हाम्रो देशको नाम मात्रैको लोकतान्त्रीक सरकार के हेरेर बसी रहेको छ ? कतै डा. के.शी.कै मृत्यु पर्खिरहेको त छैन ।
खबरदार तिन करोड जनताको एकल प्रतिनिधी माथी यस्तो गिद्धे दृष्टी राखिन गयो भने त्यसको परिणाम सहज हुने छैन । कुनैपनि निरंकुश सरकारले समेत त्यस अवस्थाको सामना गर्न सक्ने छैन । आज सम्म कुनै पनि आन्देलनले नल्याएको बाढी एकै पटक आउन सक्ने कुरामा निसन्देह रहे फरक नपर्ला । समयमै उनको प्रतिनिधीत्वमा राखिएको तिन करोड जनताको मागलाई लिएर पटक पटक डा. के. शी. ले अनसन बस्नु नपरोस् । सबै मागहरु प्रति यो सरकार सकारात्मक भई पुरा गर्नेछ भन्ने सबै नेपाली जनताहरुले भरोसा गरेका छन् ।
सर्ब सुलभ मेडिकल शिक्षाका लागी जनमुखी माग पेश गर्दै सम्पूर्ण देशबासीहरुको प्रतिनिधीत्व गर्दै सत्याग्रहमा तल्लीन डा. के.शी. का मागहरुमा फेरी एक पटक समग्र न्याय प्रेमी जनताहरु एैक्यबद्धता जनाउन चाहन्छन् । उनको आँट र साहसलाई तेत्तिसकोटी देवताले शक्ती प्रदान गरुन । अस्तु ।