एनआरएन अस्ट्रेलियामा चुनाब लाग्यो

डेमोक्रयाट उमेदबार मैदानमा देखिए

एनआरएन अस्ट्रेलियाको निर्वाचन नजिकीदै गर्दा यतिखेर नेपाली समुदायको बाहुल्यता रहेको सिडनी मेलवर्न, ब्रिसबेन, पर्थ जस्ता ठुला शहरहरुमा चुनाबी माहौल निकै तातेको छ ।
प्रवासको साझा संगठनका रुपमा चिनिने एनआरएनको ताजका लागि यहा पनि बिभिन्न खेमा र बिचारका मानिशहरु अलग समुहमा उमेदबारी दिन थालेका छन । हुन त यसको बिधानले एनआरएनमा राजनितीक घुसपैठ अमान्य हुने बैधानिक ब्यबस्था भएपनि यसरी समुह र खेमामा उठने प्रचलन सामान्य भैसकेको छ ।
सदस्यता खुलेको लगभग तिन हप्ता भैसक्दा कुल दुइ हजार मात्र सदस्य बनेको परिस्थीतीमा पछिल्ला दश दिनमा चार हजार सदस्य थपीने आकलन समेत गरिएको छ । चुनाब लागेपछि बिभिन्न समुह र खेमामा टिमलाई जिताउन सदस्यतामा तिब्रबृद्धी आउने पक्का छ । अहिले प्रजातान्त्रिक र कम्युनिष्ट आस्था राख्ने दुइ समुहले अस्ट्रेलियामा आआफ्ना आधिकारीक उमेदबारहरुको समुहको घोषणा गोप्य रुपमा गरिसकेका छन । बाहिर नदेखिने तर ओपन सेक्रेट भनेझै सबैले थाहा पाउने यो समुहगत घम्साघम्सीमा डेमोक्रयाटहरुको भने यस पटक फरक खाले शैलीमा उमेदबार देखिएका छन । राज्यस्तरिय भेलाले राज्यको र राष्ट्रीय भेला बोलायर केन्द्रिय उमेदबार छान्ने प्रचलन यहाँं पहिलो पटक देखिएको छ ।
डमोक्रयाटहरुले यस पटक बहुमतीय प्रणाली अबलम्बन गर्दै मेलवर्नका हालका उपाध्यक्ष केशव कडेंललाई अध्यक्षको उमेदबार बनाएका छन उपाध्यक्षहरुमा एनएसडब्लु संयोजकमा युवा ब्यवशायी डिला खरेल भने महासचिबमा डाक्टर ज्ञानेन्द्र रेग्मीलाई छानेका छन । यस्तै सचिबमा परेस घिमिरे तथा कोषाध्यक्ष सीपीए तथा चर्चित युवा अनिल पोखरेललाई मैदानमा उभ्याएका छन ।
यस्तै समितीको युवा संयोजकमा भने युवाहरुमाझ लोकप्रीय ब्यक्तीत्व इरशाद अहमद मैदानमा देखिएका छन । यस्तै राज्यहरुको सवालमा राज्य संयोजक तथा उपाध्यक्षमा एडिलेड अर्थात दक्षिण अस्ट्रेलियावाट नविन पन्त र राजधानी क्यानबेरावाट चुडामनी सापकोटा (ज्ञानु) ब्रिसबेनवाट उमेश खड्का, भिक्टोरियावाट प्रेम कडेंलको उमेदबारी पक्का भैसकेको छ ।
डेमोक्रयाटहरुसँंगै कम्युनिष्ट बिचारधाराको प्यानलपनि लगभग बनिसकेको छ । एमाले र माओबादीको फ्युजन टोलीले निर्धारण गरेको ओपन सेक्रेट टिमको अध्यक्षमा दिनेश कुमार पोखरेल ,महासचिबमा सन्तोष दाहाल र एनएसडब्लु उपाध्यक्षमा देब गुरुङ रहेका छन ।