सरकारमा सहकार्यको अभावमा – नेत्री कोइराला

पोखरा, वैशख ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएकी छिन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेतृ कोइरालाले सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न नसकेको बताएकी छिन् ।

उनले कांग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति÷व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यकता रहेको औंल्याएकी छिन् ।

एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु नहुँनेजानकारी गराउँदै उनले भनिन्, पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ । देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्ने उनको धारणा छ ।