ललितपुर, बैशाख ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका हरेक गतिविधिलाई मध्यनजर गर्दै आफ्नो पार्टीलाई संगठित अनि मज्बुद बनाउनका लागि ‘हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान शुरु गर्ने कार्यक्रमको हरेक जिल्लामा परिपत्र गरिसकेको छ ।
\नेपाली कांग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशभर राष्ट्रिय जागरण अभियान अन्र्तगत कांग्रेसका हरेक जिल्लामा ११ गते हुने कार्यक्रमलाई सफल बनाउनका लागि ललितपुर कांग्रेसले कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । राष्ट्रिय जागरण अभियानमा ललितपुर जिल्लामा केन्द्रका तर्फवाट नेपाली कांग्रेस नेता सुरेन्द्र पाण्डे प्रतिनिधिका रुपमा जाँदै छन् । २०७६ सालमा तीन चरणमा केन्द्रदेखि वडासम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने तयारी अनुरुप पहिलो चरणको ललितपुर कांग्रेसको जनसभा ललितपुरको मंगलबजारमा हुने भएको छ ।
नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिको आज सम्पन्न बैठकले ११ गते विहान लगनखेलबाट ¥यालीको सुरुवातसँगै कार्यक्रमको सुरुवात गर्ने जानकारी गराइएको छ । लगनखेलबाट गएको ¥याली मंगलबजार पुग्नासाथ कार्यक्रमको उद्घाटन गरिने जनाइएको छ । कांग्रेस ललितपुरका पार्टी सभापति एवम् पूर्व सांसद मदनबहादुर अमात्यले नेपाली कांग्रेस केन्द्रले संचालन गर्न लागेको राष्ट्रिय जागरण अभियानले अन्र्तघातको संस्कार रहित पार्टी बनाउँदै पार्टीलाई एक ठिक्का बनाउने विश्वास व्यक्त गरेका छन् ।
आज जिल्ला कार्यसमितिको नखिपोट पार्टी कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा बोल्दै सभापति अमात्यले नेपाली कांग्रेस कम्जोर नभएको तर विभाजित मानसिकताका कारण पार्टी कम्जोर जस्तो देखिएको बताएका छन् । उनले पार्टीभित्र अझै पनि पञ्चायत प्रवृति हावि रहेको जनाएका छन् । सभापति अमात्यले अनुशासन नभएको पार्टी र अनुशासन नभएको सिपाहीको कुनै काम नहुने समेत जिकिर गरेका छन् । अनुशासानलाई केन्द्रिकृत गरेर अगाडी बढ्न सके पार्टी भित्रको पञ्चायत शासनको अन्त्य हुने उनको भनाई छ ।
अनुशासन र आचरणलाई आत्मासात् गर्न नसक्ने मान्छे कहिल्यै नेता हुन नसक्ने बताउँदै सभापति अमात्यले भने, केन्द्रबाट खटिएर आएका प्रतिनीधिले कस्को कम्जोरी र को गलत छुट्याउन सक्ने क्षमता राख्नु पर्ने बताएका छन् । उनले गलत बाटोे हिडेका नेता कार्यकर्तालाई सके सहि बाटोमा ल्याउने नसके पार्टीबाटै निस्कासित गरि पार्टीलाई फोहोर मैलामुक्त बनाउने समेत घोषणा गरेका छन् । उनले सरकारका हरेक गतिविधिलाई खवरदारी गर्दै पार्टीको संगठनलाई मज्बुद बनाउने अभियानमा सहभागि हुनका लागि तमाम नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उक्त बैठकमा केन्द्रबाट भएका परिपत्रको विषय लगाएतका बारेमा जानकारी गराउँदै ललिपुर कांग्रेसका जिल्ला सचिव भिमसेन घिमिरे जिल्लाका क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ साल भरी तीन चरणमा सम्पन्न हुने जानकारी गराएका छन् । उनले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचीत गर्ने, राष्ट्रव्यापी रुपमा पार्टीमा एकता कायम गर्दै पार्टी सुदृढीकरणका विविध गतिविधि सो जागरणले तय गर्ने बताएका छन् ।
कांग्रेस जिल्ला नेतृत्वले विगतमा हासिल गरेको उपलब्धी नागरिक सम्म पु¥याउन, जनताका हरेक समस्या लगाएतका विषयमा जानकारी लिने सचिव घिमिरेले बताएका छन् । पार्टीलाई थप सशक्त बनाउँदै अघि बढ्न सो जागरण अभियानले मार्ग निर्देश गर्नेमा आफु ढुक्क भएको उनले सुनाए ।