लण्डन , बैशाख ११ नेपाली नयाबर्षसंगै बेलायतमा नेपालबाट कलाकार झिकाएर विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गरिएका छन् । अहिले नेपालमा चलेका गायक तथा संगीतकार राजन राज शिवाकोटी , गाइका मिलन नेवा अमात्य , हास्य कलाकारद्वय दमन रुपाखेती र जोगिन्दर पानवालाको नामले सुपरिचित शिबसंकर प्रसाद रिजाल लगायतका कलाकारहरु कार्यक्रम प्रस्तुत तथा सम्मान ग्रहण गर्नमा ब्यस्त छन् ।
यहास्थित नेपाली राजदुताबासमा आयोजित भिजिट नेपाल २०२० को उपसमिति गठन कार्यक्रमको सन्दर्भमा उनीहरुद्वारा गीत , संगीत र हास्य व्यंग्य प्रस्तुत गरिएको थियो । बेलायतस्थित नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीले समेत उनीहरुको प्रस्तुतिको प्रसंसा गर्दै सम्मान गर्नु भएको थियो ।
रातोपाटी संगको छोटो कुराकानीमा हास्यकलाकारद्वय रुपाखेती र रिजालले समग्रमा बेलायतको बसी र प्रस्तुति सन्तोषजनक भएको र नेपाली समुदायबाट अगाध माया र सदभाब पाएको बताए ।
यसैबीच अर्को छुट्टै आयोजकको निम्तोमा आएका युबा गायकद्वय हिमाल सागर र आशिस सचिनले आफ्नो सुमधुर स्वरले बेलायतबासी नेपालीहरुलाई मन्त्रमुग्ध बनाएका थिए । लीवरपूल को प्रस्तुति अघि लन्डनको प्लमस्टेडस्थित डाँफे रेस्टुरेन्टमा युबा ब्यबसायी राजन खकुरेलको संयोजन र मिसेस नेपाल युकेको आयोजनामा आयोजित सांगीतिक कार्यक्रममा हिमाल र सचिनले आफ्नो सुमधुर गीतहरु प्रस्तुत गर्नुका साथै उपस्थित सबैलाई नचाउन समेत सफल भएका थिए ।
हिमाल युबाहरुमाझ चर्चित र सचिन उदयमान स्वरका धनि रहेको पाइएको छ । उनीहरुको प्रस्तुतिबाट प्रभावित भएर उपस्थित संगीत प्रेमीहरुले राम्रो स्वागत सम्मान गरेका थिए ।
सोहि कार्यक्रममा एन यार एन युकेका उपाध्यक्ष्य ललित न्यौपाने, उपमहसचिब बिनय अधिकारि,बुद्ध फाउन्देशनका अध्यक्ष्य दिपक श्रेष्ठ , नेपाल प्रेस युनियन युकेका नवनिर्वाचित अध्यक्ष्य बिपिन निरौला , पत्रकार महासंघ युकेका महासचिब संजय कंडेल र डाफेका संचालक बिष्णु त्रिपाठीले खादा ओढाएर सम्मान गरेका थिए ।