राजविराज, वैशाख १५ । आज हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीले बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीय मोहन साहको मृत्यु भएको बताएको छ ।
प्रहरी उपरीक्षक राजेन्द्र विष्टले आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङले उनको मृत्यु हुन पुगेको स्पष्ट पारेका छन् ।
0
Shares