काठमाडौँ, वैशाख १६ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस संघको आयोजनामा साताँै खुला टेनिस प्रतियोगिता आजदेखि प्रारम्भ भएको छ ।
उक्त प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरेका हुन् । प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा हुने संघका अध्यक्ष मनोहरदास मुलले जानकारी गराएका छन् । प्रतियोगितामा १३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष÷महिला सिङ्गल्स, मिक्स डबल्स र विभिन्न उमेर समूहको भेट्रान स्पर्धासहित १० स्पर्धामा खेल हुनेछ । प्रतियोगिताको पुरस्कार राशि रु चार लाख ९८ हजार ५०० छ । प्रतियोगिता वैशाखा २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
0
Shares