सरकारले बहुमतको दम्भमा शैक्षिक क्षेत्र तहसनसह बनायो : नेता महर

काठमाडौं, वैशाख १६ । नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष एवम् नेपाली कांग्रेसका यूवा नेता नैनसिंह महरले बहुमतमा बनेको वर्तमान सरकार कमरेडको पकडी लगाएर शैक्षिक क्षेत्र तहसनहस पार्न खोजेको आरोप लगाएका छन् । नेता महरले पोखरा विश्वविद्यालयका ४२ आंगिक कलेजले पहिले मापदण्ड नै नपुगेका विद्यार्थीहरुलाई भर्ना लिएर कमाउने तर अहिले परीक्षा दिनबाट बञ्चित गराउने प्रवृति क्षेम्य नभएको बताएका छन् ।

यस्तो ज्याजतिका विरुद्ध सरकारले पनि कदम चाल्नुपर्नेमा चुप लागेर बसेकाले सरकारकै आडमा यस्ता गतिविधि भइरहेको नेता महरको आरोप लगाएका छन् । सम्बन्धन प्राप्त कलेजहरूले नियमविपरीत धमाधम भर्ना लिएर विद्यार्थी पढाइरहँदा विश्वविद्यालयले किन कारबाही नगरेको ? नेता महरले पश्न गरे, परीक्षाको समयमा आएर विद्यार्थीको यसरी बिचल्ली गर्न मिल्दैन । यसमा विश्वविद्यालय समेत दोषी देखिन्छ ।

सरकार नै शैक्षिक क्षेत्र ध्वस्त पार्ने खेलमा लागेको उनले बताएका छन् । नेता महरले सरकारले सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय हुँदै पोखरा विश्वविद्यालयलाई पनि निसाना बनाउन खोजेको आरोप लगाएका छन् । संवादको माध्यमबाट समस्याको समाधान खोज्नुको साटो अभिकार माग्दा विद्यार्थीमाथि आक्रमण हुनु निन्दनीय भएको र यसमा विश्वविद्यालयसमेत दोषी रहेको महरको भनाई छ ।

उनले अधिकार प्राप्तिको आन्दोलनका क्रममा घाइते भएका विद्यार्थी मुकेश मेहना, सगुन भण्डारीलगाएतको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । पोखरा विश्वविद्यालयका ४२ आंगिक कलेजका तीन सय ९१ विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेकोमा उनीहरुमाथि दमन भएको प्रति नेविसंघले विरोध जनाउँदै आएको छ ।

उक्त कलेजले ग्रेडिङसम्बन्धी मापदण्ड मिचेर भर्ना लिएका विद्यार्थीहरूको विश्वविद्यालयको रजिस्ट्रेसन नभएपछि उनीहरू परीक्षा दिनबाट वञ्चित बन्ने भएपछि विद्यार्थी लगाएत उनीहरुका विभिन्न संगठनहरु आन्दोलनमा उत्रिएका थिए । आफूले पाँच लाख रुपैयाँ तिरेर एक सेमेस्टर पढिसकेकाले परीक्षामा बञ्चित गर्न नमिल्ने आन्दोलनरत विद्यार्थीहरुको भनाइ छ ।