एनआई सी एशिया बैंकले थाल्यो शाखा विस्तारमा अभियान

काठमाडौं, वैशाख १६ । राजधानीको थापाथलीमा केन्द्रीय कार्यालय रहेको एनआई सी एशिया बंैकले एकै पटक उपत्यकाभित्र र बाहिरी जिल्लाहरुमा गरि आठवटा शाखा विस्तार गरेको छ । ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यले बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरी जिल्लामा गरि आठवटा शाखा विस्तार गरेको जनाएको छ ।

बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुरस्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठले उद्घाटन गरेका थिए । यस्तै चागँुनारायण नगर पालिका वडा नं २ दुवाकोट, भक्तपुर स्थित दुवाकोटमा, शाखा, पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका वडा नं.४ पर्सा स्थित जगरनाथपुुुर शाखाहरुको भव्य समारोहकाबीच उद्घाटन गरिएको बताइएको छ ।

यस्तै बारा जिल्लाको फेटा मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमी शाखा,कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखा, सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखा,चद्रांगिरी नगरपालिका वडा नं. ११ सतुंगलचोक स्थित सतुंगलचोक शाखाको एकै दिन उद्घाटन गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ बैंकले उल्लेख गरेको छ ।

करिब १५लाख ग्राहक हरूकासाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु उत्साहप्रद रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाँद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।