बाग्मती गाउँपालिकाले फूल उत्पादनलाई प्रोत्साहन गर्दै बहिस्कार गर्यो व्याच र खादा

ललितपुर, बैशाख १७ । ललितपुरको बाग्मती गाउँपालिकामा स्थानिय जनप्रतिनिधी निर्वाचित भए यता विकासका कामले निकै तिव्रता पाएको छ । उक्त पालिकामा प्रमुख विर बहादुर लोप्चन र उप प्रमुख रञ्जना घिमिरे तिमल्सिनाले गरेका हरेक निणर्यले सार्थकता पाउने गरेको छ ।

सोहि अनुरुप सो पालिकाले आगामि दिनहरुमा औपचारिक कार्यक्रमहरुमा व्याच तथा खादाको प्रयोगलाई निरुत्साहित गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चनले कार्यपालिकाको ३४ वोर्ड बैठकबाट यस्तो निर्णय भएको जानकारी गराएका छन् ।

स्थानिय स्तरमा नै उत्पादन भएका फूलको महिमा र यस्को महत्वलाई दर्शाउँदै सो स्थानमा नै हरेको कुराको उत्पादनमा वृद्धिका लागि यो अभियानले थप टेवा पुग्ने उनको भनाई छ । गाउँपालिकाले अबदेखि आयोजना गर्ने कार्यक्रमहरुमा स्थानीय फूलहरुबाट बनेका मालाहरु प्रयोग हुने उनले जानकारी गराएका छन् ।

उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले गाउँपालिकाले आर्थिक मितव्ययितालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको बताएकी छिन् । उनले अरुका उत्पादनलाई बढवा दिनको साटो स्थानिय उत्पादनलाई बढवा दिनाले समृद्धिको अभियान सहयोग पुग्ने बताएकी छिन् ।

आगामि दिनहरुमा उक्त निर्णय भएसंगै बागमती गाउँपालिका र वडा कार्यालयहरुले आयोजना गर्ने कार्यक्रमहरुमा व्याच र खादा प्रयोग नहुँने जनाइएको छ । व्याच र खादाको नाममा बर्षभरि धेरै रकम खर्च हुने गरेकोले सो रकम अन्य कामका लागि खर्च गर्न सकिने पालिकाको ठहर छ ।

स्थानीय बलराम घिमिरेका अनुसार गाउँपालिकाको यो निर्णयले स्थानीयस्तरमा नै रोजगार प्रवद्र्धनका लागि सहयोग पुग्ने छ ।’ अबदेखि गाउँपालिकाले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा स्थानीय फूलहरुबाट बनेका मालाहरु प्रयोग हुनेछन् । स्थानीयहरुको आर्थिक लाभका साथै महंगो खर्चमा खरिद गरिने खादाको सट्टामा सस्तो मुल्यमा पाइने आकर्षक स्थानीय फूलका मालाहरुको सदुपयोग हुनेमा गाउँवासी हर्सित भएको उनले सुनाए ।