काठमाडौँ, वैशाख १९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरुले केन्द्र देखी वडा सम्म निषेधको राजनिती गरेर कांग्रेससँग मुठभेडको वातावरण निम्त्याउन खोजेको आरोप लगाएका छन् । कोइरालाले आफुहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भए पनि सरकार दुई तिहाईको दम्भमा mअराजक बाटो तर्फ उन्मुख भएको बताएका छन् ।
उनले सरकारको दम्भले सिमा नाघेको स्पस्ट पार्दै अब कांग्रेस चुप लागेर बस्ने अवस्था नरहेको औंल्याएका छन् । उनले कांग्रेसले सधै सालिन प्रतिपक्षको रुप मात्र आफ्नो भूमिका नदेखाएर अब कम्युनिष्टहरुको ज्यादतीका बिरुद्ध लड्ने समय आएको जानकारी गराएका छन् । कोइरालाले त्यसका लागी तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
नेपाली कांग्रेस भुम्लु गाउँपालिकाले बुधबार काभ्रेको सल्लेमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै डा कोइरालाले पार्टीभित्र केही बैचारिक मतभेद रहे पनि कम्युनिष्टका बिरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको समेत प्रष्ट पारेका छन् । उनले पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिएका छन् ।
उक्त कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यहरु( प्रदिप पौडेल, बहादुरसिंह तामाङ्, शिब हुमागाँई र नेपाली कांग्रेस काभ्रेका सभापती मधु आचार्यले कम्युनिष्ट सरकारको दिनगन्ती शुरु भएको बताएका थिए ।
सो कार्यक्रममा बोल्ने अधिकांश बक्तहरुले सरकारले गुट तन्त्रदेखि लुट तन्त्रसम्मलाई नराम्रोसँग बढवा दिएको बताएका थिए ।