काठमाडौँ, वैशाख २२ । नेपालको इतिहासमा बनेको मन्दिर हो गोकर्णेश्वर महादेव मन्दिर । लिच्छविकालमा निर्माण भएको उक्त मन्दिर ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु प्रारम्भ भएको छ ।
तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ । तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको थियो । पुरातात्विक महत्वका काठ बिग्रीएर नष्ट हुन थाल पछि टुँडाल झर्न समेत सुरु भइसकेको थियो । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले मन्दिर संरक्षणका लागि पुरातत्व विभागले रु एक करोडको लागतमा जीर्णोद्धार गर्न लागेको जानकारी गराएका छन् ।
नगरपालिका र स्थानीयवासीको सक्रियतामा मन्दिरमा तामामा सुनको लेप लगाई छाना फेर्ने काम पनि प्रारम्भ भएको छ । यसका लागि गत वर्ष श्रीमद्भागवत महायज्ञ आयोजना समेत गरिएको थियो । महायज्ञबाट रु तीन करोड उठेको थियो । नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ । छाना फेर्न रु १७ करोड बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छाना पुनःनिर्माण समितिका संयोजक कोमलबहादुर विष्टले बताएका छन् ।
मन्दिरको छाना फेर्न रु २४ लाख ५१ हजार १११ सहयोग गर्ने गोकर्णेश्वर नगरपालिका वडा नं. ४ तालिञ्चोकका उत्तमकुमार थापालाई शनिबार मन्दिर आयोजित विशेष कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले सम्मान गरेका थिए । हालसम्म बीचको तलाको छाना फेर्ने बजेट प्राप्त भएको जानकारी गराइएको छ ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाको नाम समेत मन्दिरकै नामबाट राखिएकाले जीर्णोद्धार एवं छाना फेर्ने कामलाई प्राथमिकतामा राखिएको जिकिर गरे । कार्य यूरा गर्न अझै स्रोत अपुग भएकाले फेरि महायज्ञ आयोजना गर्ने विषयमा छलफल भइरहेको नगर प्रमुख स्पष्ट पारेका छन् ।