ललितपुर, बैशाख २३ । युनाइटेड सिमेन्टले ललितपुरको लेलेमा स्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कापि, कलम, स्कुल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । सिमेन्टले विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १० सम्मका सम्पूर्ण बालबालिकाको नाममा सामाजिक सहयोग गरेको बताइएको छ ।
उक्त सहयोगले विद्यार्थीको शैक्षिक स्तरमा टेवा पु¥याउने युनाइटेड सिमेन्टसको योजना रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । सहयोग सामाग्री गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरिय प्रहरी प्रभाग चापागाउँका प्रमुख राजकुमार खिउजु, युनाइटेड सिमेन्टस्का प्रमुख कार्यकारी अधिकृत माधव राज तिमिल्सिनालगायतले वितरण गरका थिए ।
सहयोग सामाग्री वितरण कार्यक्रम पश्चात गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले विभिन्न संस्थाले प्रदान गर्ने यस्ता सहयोगले विद्याथीमा थप उत्साह र हौशला मिल्ने बताएका थिए । विद्यार्थीलाई प्रदान गरिने स साना सहयोगले पनि उनीहरुको मनोवल उच्च हुने र पठनपाठनमा अझ मन जाने उनको भनाई थियो ।