बौद्ध सडक स्थानीयवासीद्वारा यातायातमा अवरुद्ध

साँखु, वैशाख २६ । बिहान ८ बजेदेखि बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेकाले गर्दा यातायात अवरुद्ध पारेका छन् ।

साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको हो । आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग रहेको छ चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धँुवाधुलोबाट मुक्त हुनुप¥यो ।

स्थानीय व्यवसायी तथा बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको दुखेसो पाखेका छन् । सडक धुलाम्मे र हिलाम्मे हुँदा व्यापार व्यवसाय ठप्प मात्र भएको छैन करोडौँ लगानी गर्ने दर्जनौँ व्यवसायी पलायन समेत हुनुपरेको पीडा सुनाएका छन् ।

यो साङ्केतिक विरोध कार्यक्रम मात्र हो, भोलिका दिनमा थप कडा आन्दोलनसहित हामी प्रस्तुत हुनेछौँ”, स्थानीय व्यापारी लक्ष्मण दुलालले बताएका छन् । नागरिकको समस्याप्रति सरकारले बेवास्ता गरिरहेको छ, हाम्रो एक सूत्रीय मागको तत्काल सुनुवाइ हुनुपर्नेमा उनले जोड दिए ।

लामो समयदेखि सडकमा पानी हालेर धुलो कम गर्ने गरिरहेको बौद्ध व्यापार सङ्घले सो क्रममा पानी किन्न मात्र करीब रु ८० लाख खर्चिएको दाबी गरेको छ । सडकको कालोपत्र गर्नका लागि नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअधयक्ष सकुन्तलाल हिराचनको कम्पनीले ठेक्का पाएको थियो ।

बाटो कालोपत्र गर्ने विषयलाई लिएर धेरै पटक स्थानीय नेतासहितको टोली मन्त्रालय र सडक विभाग कार्यालय पुगिसकेको छ । तर मन्त्रालयले सडक विभाग, सडक विभागले ठेकेदार र ठेकेदारले स्थानीयवासीले मुद्दा हालेका कारण अदालतलाई दोष लगाउँदै पन्छिने काम मात्र गरिरहेका छन् ।

सरकारले यथास्थितिमा तत्काल सडक कालोपत्र गर्न निर्देशन दिएता पनि सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएता पनि अहिलेसम्मसो सडकखण्डले पूर्णता पाएको छैन ।