सीड्नीमा हेमराजको “रेसीडेन्सी लिगल”

अस्ट्रेलियामा उच्च अध्यनमा आउने र यतै स्थापीत हुने क्रमले तिब्रता पाउँंदैगर्दा यहाँंको सबैखाले ब्यवशायमा पनि नेपालीहरुको उपस्थीती महत्वपुर्ण बन्दै गएको छ । प्रवासमा
सबैखाले ब्यवशायमा नेपालीहरुको बाक्लो उपस्थीती रहेपनि पेचिँंलो मानिने कानुनी क्षेत्रमा भने औलामा गन्न सकिनेहरुको मात्र प्रतिस्पर्धामा देखिएका छन ।
पढाइ र सिकाइमा पनि गारो अनि सारो मािनने प्रवासी कानुनी क्षेत्रमा यतिखेर नया पुस्ताको पनि प्रवेश देखिएपछि नेपालीजनलाई यसका लागि बिदेशीहरुको ढोका ढकढकाउन जानु नपर्ने भएको छ । हुन त यसअघि शम्सेरसिंह थापालगायत केहि अनुहार मात्र देखिएको अस्ट्रेलियाको कानुनी क्षेत्रमा पछिल्ला दिनहरुमा थुप्रै नया अनुहारहरुको प्रवेश हुन थालेको छ । जुन नेपाली समाजको लागि गर्विलो बिषय पनि हो ।
शुक्रबार सिडनीको मुटु टाउनहलमा खुलेको रेसिडेन्सी लिगलको एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले एक कार्यक्रमबिच उदघाटन गरे । नया बिधा र क्षेत्रमा नेपालीको प्रवेश हाम्रो समाजको लागि महत्वपुर्ण उपलब्धी भएको महाबाणिज्यदुत दिपक खड्काले बताए । खड्काले पुराना दिनको संझाना गर्दै भने कुनै जमानामा कानुनी समस्या पर्दा कहाँं जाने र के गर्ने भनेर आत्तीने दिन पनि थिए अहिले ढुक्कसँंग नेपाली वकिलहरुसँंग कनाुनी परामर्श लिन पाइएको छ अस्ट्रेलियामा । यो सबैभन्दा खुसीको बिषय हो , खड्काले सुनाए ।
कार्यक्रममा सफलताका शुभकामना दिदै सिड्नीका पुराना कानुनवीद शम्सेरसिंङ थापाले नया पुस्ताको कानुनी क्षेत्रमा प्रवेश सुखद बिषय बनेको सुनाए । थापाले भने, अब हरेक क्षेत्र र ब्यवशायमा नया पुस्ताको आगमन हुनुपर्छ अनि बिदेशमा पनि हाम्रो पहिचान र सहभािगता महत्वपुर्ण बन्ने छ ।
अस्ट्रेलियन भुमिमा पहिलो नेपाली महिलाका रुपमा स्थापीत इन्द्रा वनले कानुनी परामर्श जिवनको महत्वपुर्ण अंग भएकोले यसमा नेपाली मुलको महत्वपुर्ण उपस्थीतीले सबैलाई सहयोग पुग्ने बताइन । वनले अस्ट्रेलिया आउँंद्या एक बर्षसम्म एकउटा नेपाली नभेटेको अनुभव सुनाउदै यतिखेर गल्ली र गौडा अनि हरेक ब्यवशायमा नेपाली देख्दा हर्षले बिभोर भएको सुनाइन । कार्यक्रममा रेसिडेन्सी लिगलका सोलिसिटर हेमराज भट्टले पढाइ पुरा गरेपछि आफ्नो क्षेत्रमा ब्यवशायीक रुपमा मैदानमा पर्दापर्ण गरेको बताए । यतिखेर पचास हजार नेपाली बिध्यार्थीहरु अस्ट्रेलियामा उच्च अध्यनरत छन भने करिब पचास हजार पीआर र नागरिकता लिइ सकेको अवस्था छ,यस्तो परिस्थीतीमा कानुनी क्षेत्रमा हाम्रो उपस्थीती बलियो बनाउदै जानु पर्ने अवस्था पनि छ, भट्टले सुनाए । उनले पुराना कानुन ब्यवशायको सहयोग र सदभाव अनि नेपाली समाजका माया र ममताले पनि आफुलाई यसक्षेत्रमा अगाडि बढन मद्दत पुरयाएको बताए । कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारी, एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी , पुर्व अध्यक्ष सुरेन्द्र सिग्देल कानुन ब्यवशायी भरत पोखरेल, आईसीसी सदस्य दिपक भट्टराइ, युवा अभियन्ता विजय पोखरेल लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा रेसिड्न्सी लिगलका निर्देशक सुनिता थपलीयाले उपस्थीत ब्यक्तीत्वहरुलाई धन्यबाद प्रदान गरेकी थिइन ।