कांग्रेसको महाधिवेशन समयमा हुनुपर्नेमा जोड

काठमाडौं, वैशाख ३० । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व पुर्ण रुपमा असफल भएको बताएका छन् । नेपाल महिला संघ मोरङ्ले बिराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै उनले पार्टी एकताको लागी आफु बाधक नबन्ने समेत जानकारी गराएका छन् ।

पौडेलले जनविश्वास जित्नेगरी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसप्रति जनताका विश्वास जोडिएकाले समयसापेक्षरुपमा परिवर्तन गर्नुपर्ने आवश्यक्ता औँल्याएका छन् । वरिष्ठ नेता पौड्यालले पार्टीलाई सङ्गठित बनाउन कांग्रेस पार्टीको महाधिवेशन समयमा हुुनुुपर्ने अन्यथा सङ्गठन कमजोर हुने जानकारी गराएका छन् ।

उनले विगतमा निर्वाचनमा पार्टीभित्रको आन्तरिक अन्तरद्वन्द्वका कारण पराजय भोग्नुुपरेकाले तोकिएको समयमा पार्टीको महाधिवेशन गरेर कांग्रेसलाई बलियो बनाउनुुपर्ने आवश्यकता औंल्याएका  छन् ।

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र हरेक तहमा महिलालाई ५० प्रतिशत आरक्षण हुुनुुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण सिटौलाले नेतृत्वको अन्तरकलहका कारण पार्टी कमजोर भएको बताउँदै काङ्ग्रेसभित्र रहेको विश्वासको सङ्कट नेतृत्व तहले सच्याउनुुपर्ने आवश्यकता औंल्याएका छन् । सिटौलाले महासमितीको निर्णय ल्याएर नेतृत्वले गल्ती गरेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी जिल्ला सभापतिहरुले अब महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियान चलाउनु पर्ने बताएका छन् । डा कोइरालाले भने, हामी सरकारमा अनुशासन छैन भनेर आलोचना गर्छौं तर अनुशासनको कसीमा पहिले आफूलाई हेरौँ । हरेक व्यक्ति अनुशासित भए मात्र पार्टी संगठन अनुशासन भित्र रहने बताउँदै उनले भने, कार्यक्रमको हल खालि हुनु अनुशासनको कमी हो, तमाम नेता कार्यकर्तामा अनुशासन आवश्यक छ ।

उनले भने, हामी सरकारले संविधान उल्लङ्घन गर्यो भन्छौँ तर के नेपाली कांग्रेस पार्टी चाहिँ आफ्नो विधानअनुसार चलेको छ ? हामी आफूलाई लोकतान्त्रिक भन्छौँ तर आचरण, व्यवहार र संस्कार पनि लोकतान्त्रिक हुनु जरुरी छ । के अहिलेको अवस्था ल्याउन नेपाली कांग्रेस जिम्मेवार छैन ? डा शेखरले महासमितिको निर्णयलाई अटेर गरेर नेपाली कांग्रेसको नेतृत्वले विधिको शासन नमानेको भन्दै उनले यस्तो नेतृत्वले प्रधानमन्त्री ओलीलाई कुन नैतिक बलले पाठ सिकाइरहेका छन् भन्ने टिप्पणी गरेका छन् ।

“पार्टी नेतृत्वलाई दबाब नपरेसम्म महाधिवेशन हुँदैन र महाधिवेशन भएन भने नेपाली कांग्रेस अझ कमजोर हुन्छ’, शेखरले भने, ‘जागरण अभियानका क्रममा म काभ्रे खटिएको छु । तर काभ्रेमा कुनै गाउँपालिकामा हाम्रो सङ्गठन छैन, कहाँ र कसलाई गर्ने जागरण ? त्यसैले यो जागरण पनि महाधिवेशन सार्ने एउटा बहाना हो भन्ने मलाई लागेको छ उनले भने ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा रामशरण महतले बहुमतको दम्भ नदेखाउँन सभापतीलाई चेतावनी दिएका छन् । महतले कांग्रेस महासमितिले गरेको निर्णयलाई केन्द्रिय समितिले उल्टाउन नमिल्ने बताएका छन् ।

 यसैगरी अर्का केन्द्रीय सदस्य महेश आचार्यले संवैधानिक अङ्गमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको विधानविपरीत कांग्रेस नेतृत्वले अलोकतान्त्रिक काम गरेकै कारण पार्टीले दूरावस्था भोग्नुपरेको बताएका छन् ।

केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले सरकार लोकतान्त्रिक मुूल्यमान्यतालाई बिर्सेर अघि बढेकाले सही बाटोमा ल्याउने कार्य गरिरहेको जानकारी गराएका छन् । कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, गुुरुराज घिमिरे, हसन अन्सारीलगायतले पार्टीभित्र आन्तरिक एकतमा जोड दिए ।

नेपाल महिलासङ्घ मोरङ सभापति शान्ता पौडेलको सभापत्विमा भएको कार्यक्रममा पूर्वमन्त्री कमला पन्त, काठमाडौँ महानगरपालिका उपप्रमुुख हरिप्रभा खड्गी, महिलासङ्घ झापा सभापति सुुशीला ढकाल, सुुनसरी सभापति विजया कटुुवाल, सङ्खुुवासभा सभापति निरु बस्नेत, महिला सङ्घ सचिव प्रमिला थापाले पार्टीमा महिला सहभागिता विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।