लण्डन, वैशाख ३० । नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक ५ मे २०१९ का दिन लण्डनको प्लम्स्टेडमा सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष्य बिपिन निरौलाको सभापतित्वमा सम्पन्न बैठकले निम्न लिखित विभिन्न निर्णयहरु गरेको छ ।
१. नेपाल प्रेस युनियन बेलायतको ३१ मार्च २०१९ मा सम्पन्न प्रथम ऐतिहासिक अधिबेशन सफलता पूर्बक सम्पन्न भएकोमा सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन ।
बिशेष धन्यवाद :
केन्द्रीय अध्यक्ष्य बद्रि सिग्देल, उपाध्यक्ष्य बाला अधिकारी र महासचिब अजयबाबु शिवाकोटी नेपाल बाट बेलायतसम्मआइ सौहाद्रपुर्ण बाताबरणमा सर्बसम्मत रुपमा अधिबेशन सम्पन्न्न गराउनु भएकोमा धन्यबाद एबम आभार प्रकट गर्दछ । साथै नेपालबाट आउनुभई अधिबेशनको सफलतामा सहभागी हुनुभएका प्रदेश नम्बर ३ का सांसद बिजुला बर्मा र नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टलाई पनि बिशेष धन्यबाद ज्ञापन गर्ने निर्णय गरिएको छ ।
अधिबेशनमा उपस्थित नेपाली राजदुताबासका उपनियोग प्रमुख शरदराज आरन , नेपाली जनसम्पर्क समितिका अध्यक्ष्य युबराज गुरुङ , एन आर एन का केन्द्रिय उपाध्यक्ष्य कुल आचार्य , एन आर एन युके का प्रतिनिधि एबम उपाध्यक्ष्य शेर बहादुर सुनार , अर्का उपाध्यक्ष्य ललित न्यौपाने , महासचिब राज कुमार त्रिपाठी, नेसाका अध्यक्ष्य केश बहादुर गुरुङ , जनसम्पर्क समितिका उपाध्यक्षद्वय महेश कुमार दाहाल र सुरज के सी , महासचिबद्वय केशब भण्डारी र सुर्य तामाङ्ग, नेपाली कांग्रेसका महासमिति सदस्य बिज्ञान प्रसाई, नेपाल पत्रकार महासंघ युके का अध्यक्ष्य नरेश खपांगी , बरिष्ठ उपाध्यक्ष्य युरोपको नेपालीपत्रका सम्पादक ध्रुबराज अर्याल, बुद्ध फाउन्द्देषण युकेका अध्यक्ष्य दीपक श्रेष्ठ , महासचिब अर्जुन कटुवाल, प्रतिभा नछत्र परिवार , अधिबेशन हल र बैठक हल प्रदान गरि बिशेष सहयोग गर्ने देबिमया पून र गेसो परिवार, संचारकर्मी पत्रकारहरु तथा विभिन्न संघ सस्थाका प्रतिनिधिज्युहरुलाई बिशेष धन्यबाद एबम आभार प्रकट गर्दछ ।
बिशेष सहयोगीहरु चिरन्जिबी ढकाल , कमल भण्डारी (ग्रान्थम ) , राजेन कंडेल , मनोज मेहता , दयानिधि सापकोटा , जिबन सेन ( चौतारी रेस्टुरेन्ट ),कमल पौडेल ( इएमइ लण्डन) लगायतका समाजसेबीहरुलाई बिशेष धन्यबाद एबम आभार प्रकट गर्दछ ।
नेपाल प्रेस युनियन, युरोप संयोजक तथा प्रेस युनियन बेलायतका सस्थापक सह(संयोजक संजय भक्त कंडेललाइ पनि बिशेष धन्यबाद एबम आभार ब्यक्त गरिएको छ ।
२. प्रेस युनियन केन्द्र र बेलायतस्थित संघ सस्थाहरुसंग समन्वय गर्न र भाबी कार्यक्रमहरुको तर्जुमा गर्न नवनिर्वाचित अध्यक्ष्य बिपिन निरौलालाई जिम्मा दिने निर्णय गरिएको छ ।
भाबी कार्यक्रमहरु बारे :
३. एन आर एन युके र नेपाल प्रेस युनियन युके बीच अन्तरक्रिया गर्ने (एनआरएन ( प्रेस अन्तरक्रिया), यसको लागि कार्यसमितिका उपाध्यक्ष खेमराज रानाभाटलाई कार्यक्रम संयोजक चयन गरिएको छ ।
४. बेलायतका सांसद र बेलायतका नवनिर्वाचित नेपाली मूलका काउन्सीलरहरुसंग अन्तरक्रिया गर्ने, यसको लागि कार्यसमितिका अर्का उपाध्यक्ष्य एभरेस्ट गौतमलाई कार्यक्रम संयोजक चयन गरिएको छ ।
५. समाबेसी प्रेसका लागि आदिबासी जनजाति संघ(सस्था संग समन्वय र अन्तरक्रिया गर्ने,
६. वेल्शमा रहेका नेपाली संघ(सस्था संग अन्तरक्रिया र त्यहाँ रहेका प्रजातान्त्रिक पत्रकारहरुको खोजि गरि सदस्यता वितरण एबम विस्तार गर्ने, यसको लागि कार्यसमितिका सचिब मन्दिप केसी संयोजक चयन गरिएको छ ।
७. सस्थापक संयोजक एबम वर्तमान अध्यक्ष्य बिपिन निरौलाले २ वर्ष अघि युनियनको इटहरीमा सम्पन्न पूर्वाञ्चल भेलामा घोषणा गर्नुभए बमोजिम प्रेस स्वतन्त्रताञ, मानब अधिकार , प्रजातन्त्र र जनजीविकाका बिषयमा पत्रकारिता मार्फत जागरण फैल्याउने नेपालभित्रका १ र नेपाल बाहिर विदेशस्थित १ जना गरि कम्तिमा २ जना पत्रकारहरुलाई पुरस्कारको व्यवस्था गर्ने ।
त्यसको लागि एकबर्ष भित्रमा एक कार्यक्रम गर्ने र संकलित रकम पुरस्कार र भैपरिआउने कार्यको लागि प्रयोग गर्ने, यसको लागि अध्यक्ष्य बिपिन निरौलालाई संयोजक चयन गरिएको छ । सोको लागि बिस्तृत कार्यविधि बनाइ संयोजक एबम अध्यक्ष निरौलाले आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।
बैठकका अन्य निर्णयमा युनियनको वेब साइट बनाउनका लागि कार्यसमिति सदस्य लालमणि भट्टराई र कोषाध्यक्ष्य सन्तोष भट्टराईलाइ जिम्मा दिइएको छ । साथै सदस्य भट्टराईलाइ डिजिटल बिभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ । निकट भबिष्यमा हुने प्रतिभा नछेत्रको कार्यक्रमलाई सहयोग गर्न कार्यसमितिका सहसचिब कृष्णा भण्डारीलाई संयोजकको जिम्मेवारी समेत दिइएको छ ।
नेपाल भ्रमण बर्ष २०२० सफल पार्न महामहिम नेपाली राजदुतको अध्यक्षतामा गठित समितिलाई सहयोग गर्न प्रचारप्रसार समितिका सहसंयोजकमा नियुक्त बिपिन निरौलाका साथै सदस्यका रुपमा कार्यसमितिका सदस्य शालिक सापकोटालाइ पठाउने निर्णय गरिएको छ ।
बुद्ध फाउन्डेशन युकेको यहि मे १२ आइतबारका दिन लन्डनको ट्राफलगर स्क्वायरमा सम्पन्न हुने बुद्ध जयन्ति कार्यक्रममा बृहत सहभागिता जनाउने र सो को सहयोग एबम प्रचार प्रसारका लागि कार्यसमिति सदस्य सुरेन रुपाखेतीलाइ संयोजकको जिम्मेवारी दिइएको छ । बैठकको संचालन कार्यसमितिका नवनिर्वाचित सचिब मन्दिप के सी ले गरेका थिए ।