बालबालिकालाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर

सप्तरी जिल्लाको मायानकरदी गाउँमा एकदिने निशुल्क स्वास्थ्य शिविर तथा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । नव आदर्श नेपाल संस्थाको आयोजनामा सम्पन्न बढिबाट प्रभाीवत उक्त गाउँमा गरिएको कार्यक्रम हेल्प नेपाल, लुम्बिनी इमरजेन्सि रेस्पोन्स नेपाल र लायन्स क्लब अफ ओखलढुंगाको सहयोगमा भएको थियो ।

बालबालिकालाई लक्षित गरि आयोजना गरिएको उक्त शिविरमा १३० भन्दा बढि बालबालिकाहरुको उपस्थिति रहेको थियो । शिविरमा सामान्य स्वास्थ्य जाँच गर्नुको साथसाथै गर्मी समयमा देखिने सँक्रमण तथा रोगहरुको औषधि वितरण गरिएको थियो । भर्खरै बाढि गएको र अहिलेको गर्मि समयमा रोग चाडो लाग्ने र त्यसले ठूलो रुप लिन सक्ने भएकाले यसको रोकथामका लागि आफु सहभागी भएको शिविरमा काठमाण्डौबाट सहभागि भएका आर्मी हस्पिटलमा कार्यरत डा. रोशन खतिवडाले बताए । बालबालिकाहरु महामारी र रोगको सँक्रमणबाट अत्यन्त नजिक रहने भएकाले बालबालिकाको लागि शिविर आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुलाई साबुन, टुथब्रस, टुथपेस्ट लगायत सरसफाई सम्बन्त्री सामाग्री तथा चाउचाउ लगायतका अन्य खाद्य सामाग्री पनि वितरण गरिएको थियो । सोही कार्यक्रममा दुई बर्षभन्दा मुनिका बालबालिकाहरुलाई सर्बोतम पिठो समेत बितरण गरिएको थियो । उक्त कार्यक्रम गा.बि.स भवनमा आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय शसस्त्र प्रहरी बलको अस्थाई गणको पनी सहयोग थियो । बाढिबाट प्रभावित बालबालिकालाई सहयोग गर्न पाउदा अत्यन्तै खुशि लागेको बताउदै नव आदर्श नेपाल संस्थाका कोषाध्यक्ष्य नविन दाहालले देशका जुनसुकै कुनामा पनि आपत विपत परे आफ्नो संस्थाले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।