आगामी बिहीबारबाट चार दिने शिक्षा मेला हुने

आगामी बिहीबारबाट उच्च शिक्षा तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)को आयोजनामा ‘छैठौँ कान्तिपुर हिसान शिक्षा मेला–२०१९’ हुने भएको छ । नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारे जानकारी गराउन मेला आयोजना गर्न लागिएको हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी गराएका छन् ।

नेपाली विद्यार्थी गुणस्तरीय शिक्षा खोज्दै विदेश गइरहेको बेला नेपालमा नै गुणस्तरीय शिक्षा पाइन्छ भनेर मेला आयोजना गर्न लागिएको उनले सुनाए । उनले वार्षिक एक लाख १२ हजार विद्यार्थी वैदेशिक अध्ययनमा विदेश जाने गरेको बताउँदै, यसरी विदेश जाँदा वार्षिक अर्बौ रुपैयाँ बाहिर गइरहेको जानकारी गराएका छन् ।

उनले ती विद्यार्थीलाई रोक्नका लागि मेला आयोजना गरिएको बताएका छन् । नेपालमा सञ्चालित शिक्षालयले दिने गुणस्तरीय शिक्षाबारेमा उचित जानकारी र परामर्श, कुन विषय किन पढ्ने, विषयको छनोट कसरी गर्ने विषयमा मेलामा जानकारी गराइने मेला संयोजक युवराज शर्माले बताएका छन् । मेलामा माध्यामिक विद्यालयदेखि विश्वविद्यालयकास्तरका उच्च शिक्षाको बारेमा जानकारी गराइने आयोजक जनाएको छ ।

१५० भन्दा धेरै शैक्षिक संस्थाहरुको सहभागी मेलामा नेपालका सबै विश्वविद्यालयमा र प्राविधिक तथा व्यावसायिक तालीम केन्द्र (सिटीइभिटी)मा पढाइ हुने विषयका बारेमा समेत जानकारी गराइने जानकारी गराइएको छ । सो मेला भृकृटीमण्डपमा चार दिनसम्म सञ्चालन हुने बताइएको छ ।

उक्त मेलाबाट धेरै विद्यार्थी लगाएत अभिभावकले समेत लाभ लिन सक्ने अनुमा गरिएको छ । मेलामा अवलोकन गर्न आउने आगन्तुकका समस्या सामधानदेखि दुविधा समेत हट्ने आयोजकले बताएको छ ।