शान्ति सुरक्षामा दक्खल पुर्याउने भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ

जाजरकोट, जेठ ८ । मङ्गलबार बेलुका नेत्रविक्रम चन्दको नेतृत्वको विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन् । जैशीलाई सदरमुकाम ल्याइएको स्रोतले जनाइएको छ ।

प्रहरीले कुशे गाउँपालिका–२ घर भई विप्लव समूहमा लागेर विभिन्न गतिविधि गर्दै आएका जैशीलाई पक्राउ गरेको हो । जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जिल्लाको शान्ति सुरक्षामा दक्खल पु¥याएको भन्दै उनलाई पक्राउ गरिएको बताएका छन् ।

खत्रीले प्रतिबन्धित क्रियाकलाप गरेको भन्दै जैशीलाई पक्राउ गरिएको जानकारी गराएका छन् । यसभन्दा अगाडि विप्लव समूहका तीन कार्यकर्ता जाजरकोटमा पक्राउ परिसकेका छन् ।