वसन्तपुरमा वाइडबडीबारे सार्वजनिक सुनुवाइ हुने

काठमाडौँ, जेठ १० । लामो समयदेखि चर्चामा रहेको वाइडवडी प्रकरणमा को संलग्न छ भन्ने कुराको तथ्य बाहिर आउने कुरामा संका नै छ । सरकारमा रहेका जिम्मेवार व्यक्तिहरुबाटै भ्रष्टाचार भएको अनुमान सर्वसाधारण जनताले समेत गरेका छन् ।

भ्रष्टाचारका विषयमा वृहत कुराहरु बाहिर कुरा नआउने जस्तै देखे पछि ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको जानकारी गराइएको छ ।

नेपाल वायुसेवा निगमको हवाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले स्पष्ट पारेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक र विषयका विज्ञको सहभागिता रहेने जनाइएको छ । संयोजक सुकदेव भट्टराईले वाइडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउँदै भ्रष्टाचारले मुलुकलाई विकास र समृद्धि हुनबाट बाधा पु¥याउने खतरा औँल्याएका थिए ।

अभियानका सदस्य डा ठाकुरमोहन श्रेष्ठले वाइडबडी भ्रष्टाचार काण्डमा आफूहरुले सत्यतथ्य बाहिर ल्याएरै छाड्ने प्रतिबद्धता जाहेर गर्दै विशेषज्ञहरुको सहयोगबाट प्रतिवेदन सार्वजनिक गरिने स्पष्ट पारेका छन् । नेपालका लागि नेपाली अभियानका बालकृष्ण न्यौपानेले उक्त प्रकरणबारे जनतालाई सत्यतथ्य कुरा पत्ता लगाई थाहा दिलाउने विश्वास गर्न आग्रह गरेका थिए ।