काठमाडौं, जेठ १२ । नेपाली चलचित्र क्षेत्रमा एउटा नामको चलचित्र सफल हुनासाथ त्यसको सफलतालाई मध्यनजर गर्दै २, ३, ४….गरेर त्यहि नामलाई तन्काएको तन्काई गर्ने चलन पुरानो नै हो । लगातार एउटै नामका चलचित्र दर्शकले रुचाउँछन् भन्ने भान नेपाली चलचित्र निर्माता निर्देशकलाई पर्नु त्यति राम्रो कुरा होइन् ।
कथावस्तुलाई तन्काउँदा तन्काउँदै कहाँसम्म पुर्याउने भन्ने कुराको मेसो नपाउँदा नेपाली दर्शकहरु निराशा बन्नु पर्ने अवस्था समेत सिर्जना हुन आउँछ । त्यस्तै दर्शकलाई सन्तुष्ट बनाउन आफु सफल भएको सोच बनाउने एक ब्रान्ड हो ‘ए मेरो हजुर’ । यो नाम आफैंमा दर्शकलाई हलसम्म तान्न सक्ने ताकत राख्छ कि राख्दैन भन्ने कुरा निर्माता निर्देशकले नै सोच पुर्याउनु पर्ने कुरा हो ।
अभिनेत्री तथा निर्देशक झरना थापाले नयाँ नाममा फिल्म बनाउने जोखिम उठाउन अझै पनि सकेकी छैनन् । गएको चैत अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले पनि बक्सअफिसमा लोभलाग्दो व्यापार गरेर चौतर्फि चर्चा बटुलेपछि निर्देशक थापा फेरि यही फिल्मको चौथो पार्ट निर्माणको सोच सहित अगाडी बढेकी छिन् ।
आफूले हिँडेको बाटोमा ‘ए मेरो हजुर ३’ बाट छोरी सुहानालाई पनि सोही क्षेत्रमा सक्रिय रुपमा अगाडी बढाउने सोचका साथ उनले ‘ए मेरो हजुर २’ को सफलतापछि ‘भागवत गीता’ नाममा फिल्म बनाउने तयारीमा थिइन् । तर, वितरकबाट ‘ए मेरो हजुर ३’ बनाउन दबाव आएको भन्दै उनले आफ्नो निर्णय परिवर्तन गरिन् ।
अब पनि उनको सोच पटक पटक थन्किएर बसेको ‘भागवत गीता’ सुरु गर्ने मनस्थितिमा देखिएकी छैनन् । उनले फेरी पनि वितरकले ‘ए मेरो हजुर ४’ बनाउन दबाव दिइरहेको भन्दै ‘ए मेरो हजुर ४’ पुन दर्शकसामु लिएर आउने सोचमा छिन् । उनले तत्काल ‘ए मेरो हजुर ४’ बनाउने सोचमा आफु नरहेको सुनाएकी छिन् ।
उनले आफु ‘भागवत गीता’ बनाउने तयारीमा रहेको संकेत गर्दै वितरकले ‘ए मेरो हजुर ४’ बनाउन दबाब दिएका मात्र हुन् तत्काल यो विषयमा मैले निर्णय गरेको छैन । ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाको जोडी दोहोरिने सम्भावना बारे उनले कुनै कुरा बताएकी छैनन् । सो चलचित्रमा नयाँ कलाकार लिने सोचमा आफु रहेको बताएकी छिन् । ‘भागवत गीता’ मा भने आफ्नो पहिलो रोजाई अनमोल र सुहाना नै हुने उनको दाबी छ ।
’ डेब्यू फिल्मबाटै स्टार अभिनेत्रीको रुपमा उदाएकी सुहानाले आफूलाई ‘भागवत गीता’ को कन्सेप्ट मन परेको र काम गर्न पनि इच्छुक रहेको बताएकी छिन् । आफ्नो अध्ययनलाई पुर्णता दिएपछि मात्र चलचित्र क्षेत्रमा आफु आउने सुहानाले बताएकी छिन् ।