खोटाङ, जेठ १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणाले कम्युनिष्ट सरकारको काम कारबाहीबाट गाउँका जनता सरकारसँग आजिद भएको बताएका छन् ।
खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा शनिबार आयोजना गरिएको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता राणाले सरकारको कार्यशैलीप्रति असन्तुष्ट नागरिकहरू कांग्रेसको अभियानमा गोलबन्द हुँदै आएको जानकारी गराएका छन् ।
उनले कम्युनिस्ट सरकारको गलत कार्यबाट दिक्क भएका गाउँका जनताहरू कांग्रेससँग निकटता बढदै गएको प्रति आभार प्रकट गरेका थिए । उनले भने, ‘खोटाङ जिल्लामा कांग्रेसको जागरण अभियानले थप उत्साह थपेको छ । कांग्रेसका कार्यकर्ताहरू पनि उत्साहित बनेको देख्दा म दङ्ग छु ।
नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका नेता राणाले सबै कांग्रेसी अनि लोकतन्त्रवादीहरू एकढिक्का भएर कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध उभिने समय आइसकेको औल्याएका छन् । सशक्त कांग्रेस आजको आवश्यकता भइसकेको जनाउँदै राणाले भने, ‘कम्युनिस्ट सरकारको भण्डाफोर र पार्टीको संगठन सुदृढीकरणको यो अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु ।
’केन्द्रीय प्रतिनिधिका रुपमा खोटाङ जिल्लामा खटिएका युवा नेता राणाले कांग्रेसका लागि गाउँका कार्यकर्ताहरूले दिने सल्लाह र सुझावलाई पनि केन्द्रीय नेतृत्वसम्म ल्याउनेमा सक्रिइ रुपमा लागी परेका छन् । कार्यक्रममा खोटाङ कांग्रेसका सभापति नरेश श्रेष्ठ, पूर्वसभापति विष्णुकुमार राई, पूर्वसांसद सरस्वती बजिमय, युवा नेता सुवास पोखरेल, युवा नेता तीर्थ भट्टराईसहितका नेताहरूले कांग्रेस नेतृत्व सच्चिएर एकजुट भएपछि मात्रै कम्युनिस्टहरूसँग लड्न सक्ने माहोल बन्ने सुझाव दिएका थिए ।