बाढी प्रभावित स्थानमा उद्धार कार्यलाई तीव्रता दिन गृहमन्त्री शर्माको निर्देशन

काठमाडौँ, साउन २७ । अविरल वर्षासँगै सप्तरीको राजविराज नगरपालिका वडा नं. १५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँमा पस्न थालेपछि उद्धार कार्यलाई तीव्र पार्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । उ

नले आज बिहान सडक डिभिजन कार्यालय इटहरीबाट दुईवटा ठूला चेन डोजर उद्धारका लागि त्यसतर्फ पठाउन निर्देशन दिएको गृहमन्त्री शर्माका प्रेस संयोजक लक्ष्मी पुनले जानकारी गराएका छन् । बाढीका कारण त्यहाँ रहेको बाँध भत्किने सम्भावना भएकाले नदीलाई पुरानै धारमा फर्काउन चेन डोजर त्यसतर्फ लागिएको हो ।

प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती र नेपाली सेनाका मेजर दिपेश राना मगरको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरीका जवान उद्धारका निम्ति खटेका छन् । बुधबार रातिदेखि परेको साउने झरीले खाडो खोलामा बाढी आएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार बाढीका कारण एकजनाको मृत्यु भएको छ ।