सुरक्षाकर्मीमाथि पेट्रोल छर्किएको घटनाप्रति कांग्रेसको विरोध

काठमाडौँ, जेठ १४ । ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाएर गम्भीर घाइते भएको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत उपचाररत सुरक्षाकर्मी कल्पना खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अक्रमणकारीलाई आवश्यक कानूनी कारवाही गर्न माग गरेका छन् ।

उक्त विज्ञप्तिमा भनिएको छ सरकारले पीडित सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस माग गर्दछ ।

कांग्रेस संसदीय दलको कार्यालयले चितवनको भरतपुर नगरपालिका–१२ गोन्द्राङस्थित सडक बोर्डको कर सङ्कलन केन्द्रमा ड्युटीमा कार्यरत खड्कामाथि गरेको अमानवीय कार्यको घोर विरोध गर्दै आपति जनाएको छ ।