ललितपुर,जेष्ठ १९ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले द्धन्दले देशलाई जरजर बनाई देशको भविष्य गलत दिशातर्फ धकेली रहेको बताएका छन् । नेपाल महिला सघं ललितपुर जिल्लाद्धारा नख्खिपोटमा राष्ट्रिय जनजागरण अभियान अन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले हावादारी गफ दिएर हावादारी सपना देखाउन सरकारले छाड्नुपर्नेमा जोड दिएका छन् ।
महिलाको सहभागीतालाई बिधान अनुसार तल्लो तह देखि माथिल्लो तहसम्म ३३ प्रतिशत पुर्याउनु पर्छ भन्ने पहिलो पार्टी नेपाली कांग्रेस नै भएको उनले जानकारी गराएका छन् । जनभावना अनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले भने, आज सरकारसँग जनता रुष्ट भएका छन्, जनताको काममा भन्दा सरकार व्यक्तिगत स्वाार्थमा लिन भएको छ ।
महिला आफै जागरुक भएर पुरुषलाई झक्झक्याएर आफै सक्रिय भएर अघि बढ्नु पर्नेमा समेत नेता पाण्ले जोड दिएका छन् । उनले हरेक राम्रा काम कांग्रेसले गरे पनि जस भने कम्युनिष्टहरुले लिएको प्रष्ट पारे । पाण्डेले कांग्रेसले सोचे अनुरुपको काम गर्न नसकेको पनि बताए ।
महिलाहरुका समस्या अनेक रहेको जनाउँदै उनले ती समस्याहरु महिला आफै एकजुट भएर अगाडी ल्याउन सके समस्याको सामधान स्वत हुने स्पष्ट पारेका छन् । नेता पाण्डेले कांग्रेस दिन प्रतिदिन खस्कदै जानुको कारण भनेको पार्टी भित्र आफु आफै बिचको लडाई भएको जानकारी गराए ।
उनले राष्ट्रिय जागरण अभियानमा तमाम नेता कार्यकर्ताले पनि पार्टीलाई कसरी अगाढी ल्याउने भन्ने जिम्मा लिनुपर्ने औंल्याएका छन् ।