पूर्णरुपमा श्वेता निको नहुँदा ‘हेल्लो जिन्दगी’ मा प्रियंका मुख्य भुमिकामा

काठमाण्डौ, जेष्ठ २० । चलचित्र ‘हेल्लो जिन्दगी’ लागी अभिनेत्री श्वेता खड्का चुनिएकी थिइन् तर गएको महिना गर्धनमा अचानक ट्युमर देखिएपछि भारतमा शल्याक्रिया गराएकी उनी पूर्ण रुपमा निको नभएपछि चलचित्रमा अभिनेत्री प्रियंका कार्की भित्रिएकी छन् । अस्पतालको शैयाबाटै अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका कारण फिल्म गर्न नसकेको जानकारी गराएकी थिइन् । सो फिल्ममा उनको केही प्रतिशत सिन खिचिसकिएको छ ।

निर्माण टिमले अचानक उनको स्वास्थ्य अवस्था विग्रिएपछि फिल्मको छायांकन केही समयको लागि स्थगित गरेको थियो । उनी पूर्ण रुपमा स्वस्थ भएपछि भएपछि छायांकन सुरु गर्ने तयारीमा निर्देशक एभरेष्ट सूर्य बोहोरा थिए । तर, श्वेता पूर्ण रुपमा निको हुन अझै केही समय लाग्ने भएकाले गर्दा जेठ ११ गतेबाट फिल्मको पुनः छायांकन सुरु भएको छ । उनले स्वास्थ्य अवस्थाका कारण गर्न नसकेको भूमिकामा प्रियंकाले अभिनय गर्नेछिन् ।

गएको बिहीवार प्रियंकाले फिल्ममा आफ्नो पहिलो सट समेत दिएकी थिइन्् । प्रियंकाले काठमाडौंमा केही साताको छायांकनपछि आफू निर्माण टिमसँग युरोप प्रस्थान गर्ने जानकारी समेत गराएकी छन् । उनले चाँडै निर्देशक बोहोरासँग अर्को फिल्ममा पनि सहकार्य गर्ने हल्ला छ । चलचत्रि ‘चलखेल’ मा उनले काम गर्ने फाइनल भइसकेको छ । ‘हेल्लो जिन्दगी’ को छायांकन सकिए लगत्तै उनी यो फिल्ममा व्यस्त हुने समेत बताइएको छ ।

चलचित्र ‘हेल्लो जिन्दगी’ मा उनीसँगै अभिनेत्री दीपिका प्रसाईं पनि प्रमुख भूमिकामा रहेकी छन् । सृजना जोशीको निर्माण र निर्देशक बोहोरा लेखन रहेको फिल्ममा, फिल्म विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराइले स्वर दिनेछन् ।