राजु थापा, क्यानडा
गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाको अगस्ट ५, २०१७ मा टोरोन्टोमा सम्पन्न १०औ राष्ट्रीय सम्मेलनबाट गोपीकृष्ण काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । उनको चयन संगै बर्तमान अध्यक्ष तुल्सी सापकोटा नेतृत्व कार्यसमितिको बहिर्गमन भएको छ । अन्य पदाधिकरिहरुमा उपाध्यक्षहरुमा: राजकुमार महत, रमेश बानियाँ र माधव दुलाल, महासचिवमा : चिरन घिमिरे, सचिवमा: डा.देवी अधिकारी, कोषाध्यक्षमा: सुर्य सापकोटा र प्रवक्तामा रबिन्द् घिमिरे निर्वाचित भएका छन् । महिला संयोजकमा बिमला सापकोटा छनौट भएकि छन् भने अन्य आठ जना सदस्यहरु बिभिन्न क्षेत्र बाट सहभागि छन् । आईसीसी सदस्यमा निबर्तमान अध्यक्ष तुल्सी सापकोटालाई पठाईएको छ । अध्यक्ष, महासचिव र सचिवमा मात्र चुनाबि प्रतिस्पर्धा भएको थियो । क्यानडाको नेपाली समुदायमा लोकप्रिय नबनिर्वाचित अध्यक्ष काफ्ले एनआरएनए क्यानडाको दुई कार्यकाल अगिको महासचिव थिए भने एनसीएनसिका निबर्तमान अध्यक्ष हुन् । केही समय देखि एनआरएनए क्यानडा संस्थागत हुननसकेको, राजनितिक गतिविधि हाबि भएको देखि मानव तस्करीमा समेत अप्रत्यक्ष संलग्न रहेको जस्ता आरोप लाग्दै आएको छ । अब उनको नेतृत्व बाट नेपाली समुदायले चुनौतिपूर्ण ठुलो अपेक्षा गरेको छ। अर्कों जटिल कुरा त अधिवेशन अघि स्कारबो्लाई टोरोन्टो बाट अलग गर्ने निर्णय ग़ैरक़ानूनी भन्दै मुद्दा अदालतमा बिचाराधिन छ । अब त्यसको समाधान कसरि हुन्छ त्यो हेर्न बाकिं छ । अब नबगठित बोर्डले चारजना सदस्य लगायत सल्लाहकारहरु मनोनीत गर्न सक्नेछ। १० औं राष्ट्रीय अधिवेशनको उध्घाटन क्यानडा र क्युवाका लागि नेपाली राजदूत महामहिम काली प्रशाद पोख्रेलले गरेका थिए । कार्यक्रम एनआरएनए क्यानडाका अध्यक्ष तुल्सी सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । सबै पदाधिकारिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाको नेत्तृत्वमा गोपीकृष्ण काफ्ले,
0
Shares