काठमाडौं, जेष्ठ २३ । आज बस्ने भनिएको सचिवालय बैठक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थगन भएको छ ।
बैठकका लागि गृहकार्य नपुगेकाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका लागि बिहान ११ बजे नेकपाका शीर्ष नेता पुगे पनि एकछिन बसेर बैठक स्थगन गरिएको हो ।
‘‘दुवै अध्यक्षले केन्द्रीय सदस्यको कार्य्विभाजन तथा जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेबारे अझै गृहकार्य नपुगेको समेत बताए । आज सबै सचिवालयका सदस्य जम्मा भए पनि एकछिन बसेर बैठक स्थगन गरिएको उनले बताए ।’’
0
Shares