शनिबार मिडिया काउन्सिल विधेयकको विरोधमा हातेसाङ्लो जुलुस हुने

काठमाडौं, जेठ २४ । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न उपलब्ध केन्द्रिय समितिको बैठकले सरकारले संसद्मा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयकको विरोधमा शनिबार हातोसाङ्लो जुलुस प्रदर्शन गर्ने निष्कर्ष निकालेको छ ।

दोस्रो चरणको आन्दोलन अन्तरगत पत्रकार महासंघले अन्तिम दिन भोली शनिबार मिडिया काउन्सिलसम्बन्धि विधेयकको विरोधमा सरकारलाई दबाब दिनका लागि दिउसो २ ः३० देखि बबरमहलमा सञ्चारकर्मीको बृहत हातेसाङ्गलोे जुलुस प्रदर्शन हुने भएको हो ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत मिडिया काउन्सिल विधेयकको विरोधमा सरकारलाई दबाब दिन बृहत हातेसाङ्लो जुलुस प्रदर्शन गर्न लागिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका लागि समग्र सञ्चार जगतमा सक्रिय सञ्चारकर्मीले सहभागिता जनाउने जानकारी गराएका छन् ।

अध्यक्ष आचार्यले शनिबार दिउँसो ३ बजे बबरमहलबाट सुरु हुने विरोध प्रदर्शनमा सक्रियतापूर्वक सहभागिता जनाउन आम सञ्चारकर्मी, पेशागत संगठन, नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुमा आह्वान समेत गरेका छन् ।

नागरिक संकुचन पत्रकार महासंघले नचाहेको भन्दै उनले भने, प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रताका पक्षमा महासंघ सधै लड्छ । नेपाल पत्रकार महासंघले सरकारले लागु गर्न लागेको विधेयक पास भए कसैले पनि बोल्न नसक्ने वातावरणको सृजना हुने बताउँदै आएको छ । साथै सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मुट्ठिमा बाँध्न खोजेको महासंघको ठहर छ ।