काठमाडौं, जेठ २८ । जथाभावि रुपमा बजाइने हर्नले वातावरणमा प्रदुषण ह्वात्तै बढेको नेपालमा पछिल्लो समय ट्राफिक प्रहरीको उचित कदमका कारण केहि हद सम्म कम भएको छ । ट्राफिक प्रहरीको वेवास्ता गर्दै जिताहा प्रवृतीले हर्न बजाएमा अव जहा जति बेला पनि चिन हातमा आउन सक्ने खतरा बढेको छ । नियम कानुनलनई मिच्दै जथाभावि हर्न बजाउनेलाई ट्राफिक प्रहरीले निगरानी गरिरहेको हुने छ ।
ट्राफिक प्रहरीले उपत्यकामा हर्न बजाउनेलाई विशेषत कारवाही प्रक्रियालाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या दिनहुँ गम्भीररूपले बढ्दै गएपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गर्दै कार्वाहि प्रक्रियालाई अगाडि बढाएको छ । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई नियम उल्लंघन गरे वापत कारवाही गरेको छ ।
ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर पर्ने भएकाले कारवाहीलाई तीव्रता दिइएको माहानगरीयट्राफिक प्रहरी महाशाखाले जानकारी गराएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको स्पष्ट पारेका छन् ।
यस अघि महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई प्लेकार्ड, ब्यानर, अडियो, पर्चा पम्लेट वितरण गरेर सचेत गराएको थियो । ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका पन्तले जानकारी गराएका छन् । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो ।
no उक्त घोषणा धेरै मात्रामा लागू भए पनि पूर्णरूपमा भने लागू भएको थिएन । हर्न बजाउनेको संख्यामा निकै कमि आए पनि अराजक गतिवीधि देखाउँदै केहि व्यक्तिहरुले अटेर गरेर हर्न बजाउने चलन भने कायम नै छ । महाशाखाले ध्वनि प्रदूषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारवाहीस्वरुप जरीवाना लिँदै आएको छ । यातायात व्यवस्था विभागका अनुसार देशभर ३३ लाख तथा उपत्यकामा मात्र नौ लाख सवारीसाधन सञ्चालमा रहेका छन् ।