भक्तपुर, जेठ ३१ । भक्तपुरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने भएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले यहाँ आगामी असार ६ गते आयोजना गरिने समारोहमा उक्त अभिनन्दन गर्न लागिएको हो ।
प्रचारप्रसार संयोजक नविनप्रकाश श्रेष्ठले आज आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले यसबारे जानकारी गराउँँदै नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको संरक्षणमा उनले पु¥याएको योगदानको स्मरण गर्दै अभिनन्दन गर्न लागिएको जानकारी दिएका छन् ।
अभिननदन समारोह सम्पन्न गर्न नरेन्द्रभक्त हाडाको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरी आवश्यक तयारी पूरा गरिएको उनको भनाइ थियो । असार ६ गते शुक्रबार मध्यपुरथिमिको बाहाखाबजारबाट शङ्खधर चोकसम्म र भक्तपुरको दत्तात्रयबाट सूर्यविनायकसम्म विशाल शोभा ¥याली गर्दै सूर्यविनायकको अजिमामा आयोजना गरिने समारोहमा अभिनन्दन गरिने भएको छ ।