इजी लिंक रेमिट्यान्सले आफ्नो सेवा अष्ट्रेलियाबाट आरम्भ गरेको छ ।
इजी लिंकका ब्राण्ड एम्बेसेडर रवि लामिछानेको उपस्थितिमा अष्ट्रेलियाको सिडनीमा आफ्नो कार्यालयको स्थापना गरेर सेवा आरम्भ रहेको हो ।
कार्यक्रममा इजी लिंकका प्रमुख कार्यकारी अधिकृत सीइओ डीपी अर्यालले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई वैधानिक तवरबाट आफुले कमाएको रकम नेपाल पठाउन इजी लिंकको प्रयोग गर्न आग्रह गर्नु भयो ।
अहिले अष्ट्रेलियामा डेढ लाख बढी नेपाली नागरिकको बसोबास रहेको अनुमान गरिएको छ । र , नेपाल रकम पठाउने क्रममा सब भन्दा बढी हुण्डीको कारोबार हुने देशकोरुपमा अष्ट्रेलियालाई पनि लिने गरिएको सरकारी भनाइ छ ।
0
Shares